arrow

कम्युनिष्ट गठबन्धनले मुलुकलाई पुनः राजनीतिक द्वन्द्वतर्फ धकेल्दैछ : पाण्डे 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Media_center_1.png

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका सहसंयोजक बद्रि पाण्डेले अस्वाभाविक र अप्रत्याशित रूपमा बनेको कम्युनिष्ट गठबन्धनले मुलुकलाई पुनः राजनीतिक द्वन्द्वतर्फ धकेल्ने दुस्प्रयास गरिरहेको बताएका छन् । नेपाली काँग्रेस, प्रचार प्रसार उपसमितिले सोमबार धनगढीमा स्थापना गरेको प्रदेश नम्बर ७ को मिडिया सेन्टर उद्घाटनका क्रममा काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका सहसंयोजक पाण्डेले मुलुकमा तानाशाही र अधिनायकवादी कम्युनिष्ट शासन स्थापना गर्ने योजनाअन्तर्गत नै रहस्यमयी ढंगबाट बाम गठबन्धन निर्माण भएको चर्चा गरे ।

उनले भने– संविधान निर्माणका क्रममा नै माओवादी र एमालेले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एकल जातीय प्रदेश, बहुलवादलाई अस्विकार गर्ने लगायतका मुद्दालाई उनीहरू पुनः लाद्न खोजिरहेका छन् । दुई तिहाई सिट माग्नुको सोझो अर्थ नै यी सबै मुद्दामा संविधान संशोधन गरेर नेपालमा तानाशाही र अधिनायकवादी कम्युनिष्ट शासन स्थापना गर्ने कुनियत देखिएको छ ।

सहसंयोजक पाण्डेले नेपाली काँग्रेसको नेतृत्वमा नै ००७ सालको जनक्रान्तिदेखि संविधान सभाबाट संविधान निर्माण र संविधानको कार्यान्वयन सफल भएको चर्चा गरे । ‘विपी कोइरालादेखि, गणेशमान सिंह, सुवर्ण सम्सेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवासम्मका सबै शिर्ष नेताले सधैं राष्ट्र, जनता र लोकतन्त्रका लागि राजनीति गरेका इतिहासले पुष्टि गरेको छ’ उनले भने– अब मुलुकको आर्थिक समृद्धिको यात्रा पनि काँग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ ।

कार्यक्रममा केन्द्रीय प्रसार प्रसार समितिका उपसंयोजक बद्रि सिग्देलले आउँदो पुस्ताको उज्ज्वल भविष्य सुनिश्चित गर्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा का“ग्रेसको बहुमत आवश्यक भएको चर्चा गरे । कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारीले बाम गठबन्धन मुलुकलाई पुनः अस्थिर र अन्यौलग्रस्त बनाउने खेलअन्तर्गत निर्माण भएको चर्चा गरे ।

उनले भने– जबजब नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रा शुरु हुन्छ, तबतब देशीविदेशी तत्वहरूले अस्थिरता र अन्योल सिर्जना गर्ने गरेको पटकपटकका घटनाले पुष्टि गरेको छ । उनले अहिले काँग्रेसका अगाडी राष्ट्रिय अखण्डता र सावैभौमिका, जनजिविका र आर्थिक समृद्धि, राजनीतिक स्थिरता, संविधानको पूर्ण कार्यान्वयन र रक्षा तथा लोकतन्त्रको संरक्षण प्रमुख मुद्दा भएको चर्चा गरे ।

सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवारहरू हिरादत्त भट्ट, डिल्लीराज पन्त र यज्ञराज चौधरी, पार्टीका जिल्ला सचिवद्वय पूर्ण कुँवर र दिपकराज जोशीले अहिलेको चुनाव लोकतन्त्रका पक्षधर र विरोधीबीचको लडार्ँइ भएको चर्चा गरे । मिडिया सेन्टरका प्रदेश संयोजक मनमोहन स्वारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस युनियन कैलालीका अध्यक्ष टेकराज जोशीले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ