arrow

'डडेल्धुरामा देउवासँग तुलना हुने नेता छैनन्' 

देउवालार्इ राप्रपाले पनि गर्‍यो औपचारिक समर्थन

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
deuba.JPG

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारप्रसार कार्यक्रमहरुलाई तिब्रता दिईरहेको नेपाली काँग्रेस डडेल्धुराको चुनावी आम सभाहरुमा जनसहभागिता उत्साहजनक रहेको देखिएको छ । अतिबादलाई होईन प्रजातन्त्रबादलाई रोजौं भन्ने नाराका साथ सोमवार नवदुर्गा गाउँपालिकाको वडा नं. १ कोटेलीमा सम्पन्न चुनावी सभामा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले डडेल्धुरा मात्र नभई सुदूरपश्चिमको समग्र विकासमा महत्वपूर्ण योगदान रहिआएको तर माओबादीहरुले सशस्त्र संघर्ष छेडेकै बेला प्रधानमन्त्री भएको र अहिलेसम्म संक्रमणकालीन अवस्था नटुंगिएको र सोचे जस्तो विकास निर्माण कार्य हुन नसकेकोले संबिधानको कार्यान्वयनसँगै देशले स्थिर सरकार पाए योजनाबद्ध तरिकाले अगाडि बढ्ने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । 

चुनावी सभामा सम्बोधन गर्दै पूर्व सभापति रघुवर भट्टले स्थानीय निर्वाचनसम्म देखिएको केही मतभेदहरु सामान्य भएको र अहिले पार्टी भित्र कुनै पनि विवाद र समस्या नरहेकोले मतदाताहरुले ढुक्कसँग विकासप्रेमी राष्ट्रिय नेता तथा बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई र प्रदेशमा पनि नेपाली काँग्रेसलाई विश्वास गर्न आग्रह गरे । २०५४को स्थानीय निर्वाचनको तुलनामा २०७४को स्थानीय निर्वाचन सुखद रहेको तर बाम गठबन्धन उम्मेदवार एवं नेताहरुले मतदातालाई भ्रमित गरिरहेको तर्फ सचेत गराउदै प्रतिनिधि तथा प्रदेश सभाका दुबै क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारले निर्वाचित भए सुदूरपश्चिमको केन्द्र डडेल्धुरामा विमानस्थल निर्माण, शैक्षिक प्रतिष्ठानहरु, धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावना भएका प्रसिद्ध क्षेत्रहरु, बृद्धाश्रम, अनाथालय, शिक्षास्वास्थ्य, रोजगारी प्रबद्र्धन र सामाजिक परिवर्तनका कार्यक्रमहरुलाई जनतासम्म पु¥याउने संकल्प रहेको बताएका छन । 

सभापति मल्लले भने बामपन्थीहरुले पटक पटक सरकार बनाउँदा डडेल्धुरामा देखिने एउटा पनि काम छ भने देखाउन चुनौती दिएका छन, काँग्रेसका उम्मेदवार र बाम गठबन्धनका उम्मेदवारबीच तुलना हुन नसक्ने भएकोले शेर बहादुर देउवाको हात बलियो बनाउन जनताले सही निर्णय गर्न आग्रह गरेका छन । नयाँ शक्ति नेपालका प्रदेश नं. ७ का सदश्य एवं डडेल्धुरा संगठन बिभाग प्रमुख लक्ष्मीकान्त पनेरुले लोकतान्त्रिक चुनावी सभालाई सम्बोधन गर्दै बाम गठबन्धन दिगो नहुने र सत्ता कब्जाका लागि मात्र नाटक मञ्चन गरिएकोले जनताको हातमा संबिधान पु¥याउने पार्टी नेपाली काँग्रेस भएकोले मतदाताले विवेक नगुमाउन आग्रह समेत गरेका थिए , पनेरुको भनाई थियो दश वर्ष जनयुद्ध लडेका र दुख पाएका तर बोलीको ठेगान नभएका नेताहरुले एक ठाउँमा बस्न र बसाउन नसक्नेले पार्टी एकताको कुरा गर्नु भनेको दिउँसै तारा खसाउने कुरा हो । 

नेपाली काँग्रेसका नेता गोकुल शाहीले पिपलको रुखलाई बाख्राले घाँस खान्छु भनेर ढलाउने जस्ता कुरा बाम गठबन्धनका नेताहरुले गर्दै छन तर जनता पत्याउन सक्तैनन किनकि प्रजातन्त्र पछिका दिनहरुमा एमालेले उम्मेदवार नयाँनयाँ ल्याउँदै र फेर्दै गयो , अहिले आएर बाम गठबन्धन नामधारी उम्मेदवार उठाएर कार्यकर्ताको वषौं देखिको राजनीतिक लगानी र आत्म सम्मानको हत्या गरेको विषय जनताले राम्रोसँग बुझेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबल बहादुर मल्लको भनाई थियो । 

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवालाई डडेल्धुराका जनताले दशौं हजार भन्दा बढी मतले बिजयी गराउदैछन र प्रदेश सभा सदस्य पनि काँग्रेसकै हुने दाबी गर्दै नेपाली काँग्रेसका प्रदेश नं. २ का समानुपातिक उम्मेदवार गोबिन्दराज बोहराले हामी सबै नेताहरु प्रधानमन्त्रीज्यू सँगको सल्लाह र आपसि सहमतिमा निर्वाचनमा होमिएका छौं, कसैले पार्टी भित्रको अन्तरद्वन्दको फायदा हामीलाई हुन्छ भनेर मनको लडडु घिउसित नखाँदा हित हुने जिकिर गरे । 

नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैन सिंह महरले गलत बाटोमा लागेका मओबादीलाई शान्ति प्रकृयामा ल्याउने पार्टी नेपाली काँग्रेस हो, भारतले कम्युनिष्टहरुलाई नपत्याएपछि तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको पहलमा १२ बुँदे भएको स्मरण गर्दै बामगठबन्धनको नयाँ अभिष्ट जनताले पुरा नगर्ने बताए, डाकु रत्नाकरको उदाहरण दिदै महरले भने २०२८ सालमा किसानका टाउका काटने केपी र हजारौंहजार नेपाली मार्ने प्रचण्ड बिच भएको षडयन्त्रका पछि जनता लाग्छन भने देश अझै दशकौं सम्म भूमरीमा फस्ने निश्चित रहेको बताए। 

नेविसंघ पूर्व सभापति केशव सिंहले भने अतिबादलाई संस्थागत गर्ने कि अन्त्य गर्ने जनताका बिचमा फैसला गर्ने अवसर आएको छ, कहिले कसैको कहिले कसैको दौरा सुरुवालको फूर्को समात्दै राजनीति गर्दै  शासनसत्तामा पुग्नेहरु जनताको आवश्यकतालाई बुझ्न नसक्ने दाबी सिंहको थियो । 

राप्रपाले पनि काँग्रेसलाई सहयोग गर्ने औपचारिक निर्णय 
यहि मंसिर २१ गते हुन गईरहेको प्र्तिनिधि सभा तथा प्रदेश सभा सदश्य निर्वाचनका लागि राप्रपा डडेल्धुराले पनि सहयोग गर्ने औपचारिक रुपमा निर्णय गरिसकेको छ  । प्रजातान्त्रिक दलको रुपमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) डडेल्धुराले आईतवार अध्यक्ष हिक्मत सिंह साउँदको अध्यक्षतामा बैठक बसी राष्ट्रियता लोकतन्त्र र लोकतान्त्रिक संबिधान खतरामा परेको संकटकालिन अवस्थामा लोकतन्त्र पक्षधर पार्टी नेपाली काँग्रेसलाई जिताउन प्रचार प्रसार लगायत आवश्यक राजनीतिक सहयोग गर्ने जिल्ला कार्य समितिका कोषाध्यक्ष खेमराज पनेरुले जानकारी दिएका छन् । 

स्थानीय निर्वाचनमा चार हजार दुई सय मत प्राप्त जनाधार रहेको राप्रपाले लोकतान्त्रिक गठबन्धनको नेतृत्व लिईरहेको , संबिधान जारी गर्न नेतृत्व लिई संबिधानको कार्यान्वयनका लागि स्थानीय निर्वाचनको दोश्रो तथा तेस्रो चरण सफल रुपमा सम्पन्न गरेका कारणले नेपाली काँग्रेससँग देशभर लोकतान्त्रिक गठबन्धनको सहयात्री हुने पार्टीको केन्द्रीय निर्णय अनुसार डडेल्धुरामा पनि काँग्रेसलाई चुनावी तालमेल स्वरुप सहयोग गर्ने पनेरुले जानकारी दिएका हुन । 

डडेल्धुराका मतदाताहरुसँग समानुपातिक मत राप्रपाका लागि र प्रत्यक्षका तिन मतपत्रमा नेपाली काँग्रेसका लागि प्रचारप्रसार तथा मत माग्न पार्टीले तालिका बनाईरहेको जनाउदै लोकतान्त्रिक गठबन्धनसँग आवश्यक विषयमा छलफल गर्न केन्द्रीय सदश्य गोबिन्द खडायतको संयोजकत्वमा सात सदश्यीय बिशेष पनि गठन गरेको बताईएको छ । जारी संबिधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि लोकतन्त्रबादीहरु एकै ठाउँमा केन्द्रीत हुनु पर्ने आजको आवश्यकता रहेकोले डडेल्धुरा जिल्लाका सबै स्थानीय तहस्तरमा संगठन रहेको राप्रपाको यो संस्थागत निर्णय पछि मातहतका सबै संगठन ईकाईहरुमा निर्वाचन परिचालन सम्बन्धि कार्यक्रमहरुको तयारी भईरहेको संयोजक खडायतले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ