arrow

मिनेन्द्र गिरिजाबाबुको उत्तराधिकारी हुन्, ढुक्कसँग मत दिनुहोला : सुजाता

logo
किरण न्यौपाने,
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
sujata_koirala1.JPG

रंगेली । नेपाली काँग्रेसकी नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफनो बाबु गिरिजा प्रसाद कोइरालाको सपना साकार गर्न भएपनि मोरङ्ग क्षेत्र नं.२ को जित हाँसिल गर्न आवश्यक रहेको बताएकी छिन् । 

मोरङ्ग क्षेत्र नं. २ क्षेत्रीय समितिको आयोजनामा बिहीबार मोरङ्गको सुनवर्षी नगरपालिका स्थित विपी सेवा केन्द्र डाईनियामा आयोजित कृयाशील सदस्यहरुलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

नेतृ कोइरालाले बाबुले यस क्षेत्रको विकासका लागि धेरै कार्य गरेको भन्दै अझै धेरै गर्न खोज्दै गर्दा बित्नुभएकोले यस क्षेत्रको जनताको भविष्य र विकास सुनिश्चित गर्न पानी काँग्रेसको जित आवश्यक रहेको बताईन् । 

आफुले यस क्षेत्रबाट उम्मेदवारी दिन चाहँदा चाहँदै स्वास्थ्य अवस्थाका कारण उम्मेदवारी दिन नसकेको बताउँर्दै गिरिजा बाबुको नजिकको मान्छे मिनेन्द्र जी भएकाले आफुले बाबुको विश्वासको व्यक्तिलाई विषेश आग्रह गरेर क्षेत्रको जिम्मा लगाएको बताउँदै क्षेत्रको विकासक लागि आफू पनि सधै सँगै रहने कार्यकर्ताहरुलाई स्पष्ट पारेकी थिईन ।

सो क्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवं मोरङ्ग क्षेत्र नं.२ का प्रतिनिधि सभा उमेदवार डा. मिनेन्द्र रिजालले संविधान निर्माण पश्चात स्थानीय तहको निर्वाचनले मजबुुत जग निर्माण भएकाले मुलुक समृिद्धको चरणमा प्रवेश गरेको बताउँदै स्थानीय तहको परिमाण देखेर एमालेका केपी शर्मा ओली अगाडि लम्पसार परेर प्रचण्डले गिरिजाबाबुको सपना साकार पार्छु भनेर बोल्दै हिँड्नु नैतिकत अधिकार नभएको बताए ।

उनले आफू गिरिजाबाबुको उत्तधिकारी भएर यो क्षेत्रमा आएकाले उनले देखेको सपना साकार बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताए । सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, प्रदेश सभा मोरङ्ग क्षेत्र नं.२ (क) उमेदवार शिवनारायण सिह (ख) उमेदवार सुमन कँुवर लगायतले बोलेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ