arrow

कम्युनिष्टहरुले देशलाई तानाशाही व्यवस्था लाद्न खोज्दैछन् – शशांक

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Sashanka-koirala.jpg.jpeg

नवलपुर । नेपाली काँग्रेसका महामन्त्री एवमं नवलपुर क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शशा‌ंक कोइरालाले बाम गठबन्धले देशलाई तानाशाह तर्फ लैजाने प्रष्ट संकेत देखाएको आरोप लगाएका छन् । सोमवार गैंडाकोट नगरपालिका वडा नम्बर १६ र १७ को वडा सम्पर्क कार्यालय स्थापना तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले तानाशाही व्यवस्था लाद्नबाट रोक्न काँग्रेसलाई जिताउनुपर्ने बताए ।  

“दलीय व्यवश्थालाई समाप्त पारेर देशमा तानाशाही शासन लागु गर्न खोजिएको छ” नेता कोइरालाले भने– “अवको लडाई व्यवश्थाको होईन । विकास, समृद्वि र गरिवीको अन्त्यका लागि हो ।” नेपालमा राजनीतिक मुद्वाको अन्त्य भईसकेकोले देश विकासका लागि सबै एक जुट हुनुपर्ने वेलामा बामको वाहनामा मुलुकलाई फेरि अस्थिर बनाउने खेल भएको उनको भनाई छ ।  

लोकतन्त्रका सात दशक लडेको नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको दावी गर्दै नेता कोेइरालाले त्यसको कार्यान्वयनका लागि कांग्रेसलाई नै जिताउनुपर्ने बताए ।  देशमा शान्ति, भ्रष्टाचारमुक्त समाज, समृद्वि कांग्रेस विना सम्भव छै्रन उनले भने–“यसको लागि हामी जनताको विचमा मत सृजना गर्न आएको हो ।” 

महामन्त्री कोइराला नवलपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फको उमेदवार हुन् । कार्यकर्ता भेटघाटका क्रममा नवलपुरवासीले नेता कोइरालालाई जिल्लाबाट प्रतिनिधित्व गर्दै पहिलो प्रधानमन्त्रीको रुपमा देख्न चाहेको शुभेच्छा व्यक्त गर्दै विजयीको शुभकामना व्यक्त गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ