arrow

बाजुराको गौमूल गाउँपालिकामा सधैं हुन्छ 'बुथ क्याप्चर'

स्वतन्त्र रुपमा मतदान गर्ने व्यवस्था मिलाईदिन आग्रह

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
matpetika.jpg

बाजुरा । बाजुराको गौमुल गाउँपालिका मतदाताहरुले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुरोध गरेका छन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमुल्य मत आफैले दान गर्न पाउनुपर्नैमा जोड दिएका छन् । गत शनिवार दिउसो बाजुराको घटमुनामा नेपाली काँग्रेसको कार्यकर्ता भेलामा सो कुरा उठाएका हुन् । 

मतदान गर्न आएका बृद्धबृद्धा र सोझा मतदातालाई फकाएर तपार्इँ मतहाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौं भनेर फकाउने र भित्र गएर आफू अनुकुल पार्टीको चिन्हमा मतदान गरेको बताए । वडा अध्यक्षका उम्मेदवार जयराम रोकायाले गतको स्थानीय तहको निर्वाचनमा तीनसय बढी मतको अपेक्षा गरेका थियौं मतदान गर्दा १ सय १४ मत आउँदा आफू छक्क परेको प्रतिक्रिया दिए । उनले पछि  किन मत कम भएछ भनेर खोतल्दै जाँदा प्रायःको मत अर्कैले हालिदिएको भेटिएको बताए । 

त्यस्तै, आफ्नो मत आफैं खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् ।  एमालेको पक्कडमा भएका मतदान केन्द्र एमाले र कांग्रेसको मतदान केन्द्र भएको स्थानमा काग्रेसले बुथ क्याप्चर गर्छन् । त्यहाँ दलका एजेन्टले मतदादान गर्छन् वास्तविक मतदाता भने टुलटुलुहेर फकिन्छौं गौमुलका एक बृद्ध मतदाताले भने । बाजुराका ७० मतदान केन्द्र मध्ये ३३ वटा मतदान केन्द्र अतिसंबेदनशील मानिएका छन् । 

ती मध्ये धेरै ठाउँमा राजनीतिक कारणले अतिसंवेदनशील छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाईने हुँदा कर्मचारीका कारणपनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताएका छन् । दल निकटका कर्मचारीले दलको ईशारामा काम गर्छन् । अनि कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ ? स्थानीय तह निर्वाचनका एक परिवेक्षेकले भने । 
शान्तिपूर्ण निर्वाचनमा सघाउन नेपाली काँग्रस बाजुराले गाउँ गाउँमा स्वमसेवक परिचालन र आफ्नो अमुल्य मत खेरजान नदिन मतदाता शिक्षालाई पनि उत्तीकै जोड दिएको छ । आफ्नो मत आफैले दान गर्न दिनुपर्ने वतावरण मिलाउन  निर्वाचन अधिकारी लगायत सम्बद्ध पक्षसंग माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ