arrow

बाम चन्दा आतंकको पराकाष्ठा

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
bam-chanda-aatanka.jpg

बाँके । बाम गठबन्धनको चन्दा आतंकले पराकाष्ठा नै नाघेको खुलासा भएको छ । संयुक्त बाम गठबन्धनको आर्थिक कमिटिले मुलुकमा परिवर्तन ल्याउन बाम गठबन्धनले ठूलै संघर्ष गरेको जस्ता फूलबुट्टा जडित शब्दहरु खर्चेर पत्र काट्दै आर्थिक सहयोग माग्दै हिंडिरहेका हुन् । 

बाम गठबन्धन बाँकेको आर्थिक समितिले मंसिर २१ गतेको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा ३ जना र प्रदेश सभाका लागि ६ जना उम्मेदवार प्रस्तुत गरेको जनाउँदै ‘निर्वाचन परिचालनका लागि आर्थिक पक्ष पनि महत्वपूर्ण भएकाले आर्थिक सहयोगको अपेक्षा गरिएको छ’ भन्दै पत्र थमाउँदै हिंड्ने गरेका छन् । 

संयोजक किस्मत कुमार कक्षपति र सहसंयोजक ललित कुमार रौनियारले हस्ताक्षर गरी विभिन्न उद्योग तथा प्रतिष्ठानमा पत्र पठाउने गरेको खुलेको हो । 
खुल्लमखुल्ला चन्दा आतंकले आचारसंहिताको समेत बाम गठबन्धनले धज्जी उडाएको छ । 

स्थानीय व्यापारीहरुले आक्रोश समेत पोखेका छन् ।

पछिल्लो समय विभिन्न चन्दा आतंकको मार खेप्न नसकेर उद्योगी व्यापारीहरु विदेश घुम्न निस्केका घटनाहरु सार्वजनिक भइरहँदा दाङ्गमा यो चन्दा आतंक देखिएको हो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ