arrow

युथ एसिया कप क्रिकेटः नेपाल र मलेसियाको खेल वर्षाले अवरुद्ध

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
u-19-youth-asia-cup-cricket1.jpg

मलेसिया । मलेसियामा भइरहेको यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल र मलेसियाबीचको खेल वर्षाले सुरु हुन सकेको छैन । 

बिहान ७ः१५ देखि हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन । सेमिफाइनल प्रवेशका लागि नेपाललाई फराकिलो जित अनिवार्य छ ।
 
यही समुहको अर्को खेलमा भारत र बंगलादेश भिडिरहेका छन् । सामान्य जित वा बराबरीले बंगलादेश सेमिफाइनलमा पुग्नेछ भने भारतलाई जित्नैपर्ने दबाब छ । 

बंगलादेशको ४ तथा नेपाल र भारतको २–२ अंक छ । मलेसिया अंकविहिन छ । 

नेपालले भारतमाथि किर्तिमानी जित हासिल गरेको थियो । 

बंगलादेश र भारतवीचको खेलमा बंगलादेशले टस हारेर पहिले ब्याटिंग गरिरहेको छ । भारतले पहिलो ओभरमै विकेट गुमाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ