arrow

प्रधानमन्त्री देउवा नेपालगञ्ज पुग्दै, यस्ता छन् दिनभरिका कार्यक्रम

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार बिहान नेपालगञ्ज जाँदै छन् । 

पश्चिम नेपालका विभिन्न कार्यक्रममा भाग लिन देउवा नेपालगञ्ज जान लागेका हुन् । 

नेपालगञ्जबाटै विभिन्न कार्यक्रम शुरु हुँदैछन् । सभापति देउवालाई बिहान ९  बजे राँझा एअरपोर्टमा स्वागत गरिदैछ ।
 
प्रधानमन्त्री देउवाले १० वजे क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्वोधन गर्ने कार्यक्रम छ । 

गृह मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका देउवाले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन् । 

देउवाले दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्यकर्तालाई सम्वोधन गर्नेछन् । 

प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने प्रचार विभाग प्रमुख कपीलदेव शर्माले जानकारी दिए । 

मंगलबारको रात नेपालगञ्जमै बास बसेर  प्रधानमन्त्री देउवा बुधबार मात्र धनगढी पुग्ने कार्यक्रम छ । 

पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसंग भेटघाट गर्नुका साथै देउवाले अन्य पार्टीका नेता, कार्यकर्तासँग सम्वाद गर्नेछन् । 

यसअघि नेपाली काँग्रेसले सोमबार क्षेत्रीय स्तरको मिडिया सेन्टर नेपालगन्जमा सञ्चालनमा ल्याएको छ । 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक समारोहका बीच उद्घाटन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ