- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले द्वन्द्वपीडितको लागि निः शुल्क उपचार सेवा सुरु गरेको छ ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयसँगको सहकार्यमा द्वन्द्वपीडितको निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको प्रतिस्ठानका उपकुलपति प्रा डा राजेन्द्रबहादुर वाग्लेले जानकारी दिए ।
“द्वन्द्वपीडित नागरिकको घाउमा मलम लगाउने उद्देश्यले हामीले सरकारसँगको सहकार्यमा निः शुल्क सेवा सुरु गरेका हौं ।
द्वन्द्वपीडितको विशेष केयर गर्नु दायीत्व सम्झेर हामीले पहल गरेका हौं” वाग्लेले भने । मन्त्रालयसँगको सम्झौताअनुसार निर्देशिका बनिरहेपनि उपचार सेवा सुरु भइसकेको समेत वाग्लेले जानकारी दिए ।
फिजियोथेरोपी, हाडजोर्नी तथा नसा, स्त्री रोग र प्रसुति सम्बन्धी, नेत्र रोग र एक्सरेलगायतका सेवा द्वन्द्वपीडितले पाउने प्रतिस्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए । द्वन्द्वपीडित नागरिकको लागि उपलब्धी भएको काफ्लेले बताए ।
कर्णालीका पाँच जिल्ला, सल्यान, रुकुम, जाजारकोट, सुर्खेत, दैलेख, अछाम, बाजुरा, बझाङमा द्वन्द्वपीडितले सेवा पाउने छन् ।
यसको लागि मन्त्रालयले १० करोड बजेट विनियोजन गरेको छ ।