arrow

यसरी ढुक्क छिन् निर्वाचन जित्नेमा काँग्रेस महिला उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
bhojpur_district_map.png

भोजपुर । भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताएकी छिन् । 

यसअघि आफूले जिल्लाको ग्रामीण समुदायमा पुल पुलेसा, बाटोलगायतका थुप्रै विकासको काम गरिसकेकाले झनै जित सुनिश्चित रहेको दाबी गरिन् । 

त्यस्तै, नेकपा एमालेकी नेत्री सिर्जना राईले पनि आफू सधैँ भोजपुरकोे विकासमा लागिपर्ने आश्वासन दिइन् ।  

यता नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दुर्गा राईले महिला पनि निर्णायक तहमा पुग्नका लागि महिलाले चुनाव जित्न आवश्यक रहेको बताइन् । 

संघीय समाजवादी फोरम नेपालकी नेत्री सविना राईले भने महिला हक अधिकारको आवाज उठाउन महिला उम्मेदवार जिताउन आग्रह गर्नुभयो । 

महिलाको हक अधिकारको आवाज बुलन्द गर्नुका साथै महिला पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत जित आवश्यक रहेको उनको भनाइ छ । 

भोजपुरमा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि महिलाको उम्मेदवारी शून्य रहे पनि समानुपातिकमा चार महिला चुनावी मैदानमा उत्रिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ