arrow

काँग्रेसलाई जिताउन कस्सिए महिलाहरुः ‘भोट हालौ रुखमा, साथ दिन्छ सुख र दुःखमा’

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
congress-kaski.JPG

पोखरा । ‘भोट हालौ रुखमा, साथ दिन्छ सुख र दुःखमा’, ‘काँग्रेसका उम्मेदबार असल, रुख चिन्ह हेरी भोट खसाल’ । 

यतिबेला कास्कीका काँग्रेसी महिलाहरुले यस्ता गीत गाएर पोखराको चुनाबी माहोल तताएका छन् । 

मादलको घिनताङसंगै, गलामा पहेंलो सयपत्री फुलको माला, हातले चारतारे झण्डा फहरउँदै कार्यकर्ताको साथमा उम्मेदबारहरु पनि कम्मर मर्काइ मर्काइ नाँचेको देख्दा कास्कीमा चुनाबी रौनक बढेको महसुस गर्न थालिएको छ । 
बिहानीको ७ बज्दै गर्दा अरु समय घरभान्छामा सिमीत रहने महिलाहरु पनि, यतिबेला भने घरभान्छाको जिम्मेवारीलाई ब्यबस्थापन गर्दै, मादल, खैजडी, मुजुरा र चार तारे झण्डा बोकेर पोखरा लेखनाथका  चोक चोकमा उम्मेदबार, कार्यकर्ता सहित  घरदैलोमा ब्यस्त देखिन्छन् । 

अघिल्लो दिन नै नेपाली काँग्रेस क्षेत्रिय कार्यसमीतीले तय गरेका कार्यक्रम तालिका अनुसार कुन समुदायमा भोट माग्न जाँदा कुन गीत गाउने भन्ने पुर्ब तयारी गर्छन् उनीहरु । 

बाहुन क्षेत्रीको घरमा पुग्दा भजन चुड्काले भोट तान्छन् भने गुरुङ समुदायमा पुग्दा लोक गीत शैलीमा गीत गाउने र नचाउने समेत गर्छन् ।  
उनीहरुको, गीत संगीतको माध्यमबाट काँग्रेसको पक्षमा भोट माग्ने शैली देखेर काँग्रसी उमेदबार र कार्यकर्ता त दंग र मक्ख पर्ने नै भए, अन्य सर्बसाधारणहरु समेत रमाइलो मान्दै सुन्ने, हेर्ने र कतिपय त संगै नाँच्ने समेत गरेका छन् ।  

उसो त गीत संगीतले सबैको ध्यान खिच्छ, नै, त्यसमा पनि अझ बिपक्षी दलका समर्थकहरुको समेत ध्यान खिच्दै काँग्रेसको पक्षमा जनलहर सृजना गर्न नेपाल महिला संघमा आबद्ध सम्पुर्ण सदस्यहरुलाई गीतसंगीत सहित घरदैलो कार्यक्रममा सक्रिय सहभागी हुन निर्देशन दिएको बताउँछिन् नेपाल महिला संघ पोखराका नगर सभापती माया बराल ।

उनले चुनाब प्रचार प्रसारको लागि महानगरका ३३ वडा सहित  कास्कीका ४ वटै गाँउपालिकामा महिलाहरुको छुट्टै चुनाबप्रचारप्रसार समीती समेत गठन गरिसकिएको जानकारी दिइन् ।  

गीतसंगीतको माध्यमबाट काँग्रेसका पक्षमा भोट माग्दा सबैले ध्यान दिएर सुन्ने गरेको र नेपाली काँग्रेस कस्तो पाटी हो, काँग्रेसलाई किन जिताउने, जस्ता सन्देशहरु प्रबाह गर्न सहज भएको नेपाल महिला संघ क्षेत्र नं २ का सभापति इन्द्रमाया बाँनीया बताउँछिन् । 

भाषण भन्दा गीत  संगीत  नै  नेपाली काँग्रेसको घोषणपत्रमा भएका कुराहरु आम जनता समक्ष पुर्याउने प्रभाबकारी माध्यम बन्दै गएको कास्की महिला संघकी सचिब सीता गुरुङले बताइन् ।   

कास्की क्षेत्र नं १ का प्रतिनिधी  सभा सदस्य एबं कानुन मन्त्री यज्ञबहादुर थापाले बिगतका चुनाबमा पनि महिलाहरुले चुनाबप्रचारप्रसारमा महत्वपुर्ण योगदान दिएको उल्लेख गर्दे  यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाबमा काँग्रेसको पक्षमा भोट माग्न र काँग्रेसमय कास्की बनाउन कुनै कसर बाँकी  नराखी  महिलाहरु प्रचारप्रसारमा  खटिएर लागेको बताए ।

कास्की क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य शुक्रराज शर्माले यस पटकको चुनाबमा काँग्रेसलाई जिताउन महिलाहरुको महत्वपुर्ण भुमीका हुने बताए । 

क्षेत्र नं २ का प्रतिनिधि शभा सदस्यका उमेदबार देबराज चालिसेले मुलुकका हरेक परिबर्तनमा महिलाले योगदान दिएको स्मरण गर्दे यस पटकको चुनाबबाट लोकतन्त्र रोज्ने कि  साम्यबाद रोज्ने भन्ने कुरा लाई आम जनता माझ पुर्याउन महिलाहरु नै शसत्त भएर लाग्नु पर्ने बताए ।

कास्की क्षेत्र नं ३ प्रदेशसभा क की उमेदबार शारदा पौडेलले अन्य दलले महिलालाई प्रतक्ष्य तर्फ उमेदबार नबनाएको स्मरण गर्दे कास्की काँगेसका महिलाको योगदानको कदर गर्दै आफु उमेदबार बन्न सफल भएको बताइन् ।

कास्की काँग्रेसी महिलाहरुको चुनाब प्रचारप्रसार गर्ने शैलीले कास्कीका सबै बिचारमा आस्था राख्ने महिलालाई पनि काँग्रेसतर्फ खिचिरहेको अनुभुति भएको बताइन् । 

कास्की क्षेत्र नं १ क का उमेदबार जीबन परियारले महिलाहरुलाई संगै लिएर प्रचारमा हिड्दा प्रभाबकारी हुने गरेको बताए ।

१ ख का  उमेदबार एबं नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीले  महिलाहरुको हक अधिकार स्थापित गराउको लागि पनि यो चुनाब महत्वपुर्ण भएकोले सम्पुर्ण महिलालाई यस्ता कुराहरु बुझाइ जनसंख्याको झण्डै ५१ प्रतिशत हिस्सा बोकेको महिला शक्तिलाई समेट्न नेपाली काँग्रेसका महिलाहरु लाग्नु पर्ने बताए ।

क्षेत्र नं २ क का उमेदबार गुरु बराल ले  जुनसुकै द्धवन्दमा पनि महिला र बालबालिका बढि प्रभाबीत हुने उल्लेख गर्दै यो चुनाब द्धन्द्ध चाहने र द्धन्द्ध नचाहने बिचको चुनाब भएकाले द्धन्न्द नचाहनेलाई रुख चिन्हमा मतदान गराउनको लागि महिलाहरुले प्रचार गर्न आबश्यक रहेको बताए ।  

कास्की क्षेत्र नं ३ ख का उमेदबार सिकन्दर गुरुङ भोजेले जसरी राक्षसलाई बध गर्न देबीले भुमीका खेलीन् त्यसैगरि यस पटक को चुनाबमा कम्युनिष्टलाई पराजय गर्न महिलाहरुले महत्वपुर्ण भुमीका खेल्न सक्ने बताए ।

क्षेत्र नं २ ख  का उमेदबार बिन्दुकुमार थापाले महिलाहरुको आर्थीक शसक्तिकरण र देशको  समृद्धिको लागि पनि रुख चिन्हमा भोट हाल्ने माहोल बनाउन  काँग्रेस सर्मथित महिलाहरु प्रचारप्रसारमा जुटीरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ