arrow

 सफा टेम्पोमा  थापाको चुनावी अभियान

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
kisor_thapa.jpg

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार उज्वल थापाले चुनावी अभियान वातावरण मैत्री सफा टेम्पोको प्रयोग गर्ने भएका छन । 

सफा टेम्पोको प्रयोगले वातावरणीय मुद्दामा आफ्नो दृष्टीकोण प्रतिबिम्बित गर्ने बताउदै  घर दैलो तथा भेटघाट कार्यक्रममा आफु र अभियन्ताहरु टेम्पो जाने बताएका छन् ।  काठमाण्डौँका लागि सफा टेम्पो सबैभन्दा उपयुक्त सानो सवारी साधन भए भन्दै सोमबार लाजिम्पाटमा अन्तरक्रिया र बाँसबारिमा घरदैलो गर्दा थापाले सफा टेम्पोकै प्रयोग गरेका थिए।

"विद्युतीय गाडीको महत्व धेरै छ । यो प्रविधि नेपालको पर्यावरण र अर्थतन्त्र सुहाउँदो छ ।" थापाले भने "अधिकांस सफा टेम्पो चालक महिला छन । यो हामिले चाहेको समानुभुतिपुर्ण समाजिक विकास र पर्यावरणमैत्री विकासको नमुना हो ।" विवेकशील साझाकि नेतृ रञ्जु दर्शनाले पनि स्थानीय निर्वाचनमा सफा टेम्पो भाडामा लिएर चुनावी प्रचारका लागि प्रयोग गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ