arrow

पार्टिहरु बीचको धुर्विकरणले मुलुकमा राजनितिक जटिलता थपियो : गच्छदार

'कार्यकारी राष्ट्रपति प्रणालीको कुरा औचित्य छैन'

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर। उपप्रधानमन्त्री एंव नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई  स्वस्थ्य प्रतिस्पर्धाको रुपमा दलहरुले  लिनसकेमा मात्र प्रजातान्त्रीक पद्धति वलियो र दिगो हुने वताएका छन् । नेपाल प्रेस युनियन मोरङद्धारा विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री गच्छदारले, लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीचको धुर्विकरणले मुलुकमा राजनितिक जटिलता थपिएको वताए ।
 
दलहरु बिचको धुर्विकरणले मुलुकको प्रगतिमा वाधा पुग्ने भन्दै  उनले मुलुकमा राजनितिक स्थायित्व कायमगर्दै आर्थिक समवृद्धिका लागी दलहरु राष्ट्रिय एजेन्डाका साथ अघि वढनुपर्ने  वताए ।उनले समग्र मुलुकको ध्यान मात्र नभएर अन्तराष्ट्रिय जगतको ध्यान समेत चुनावमा केन्द्रित रहेकाले अव हुने निर्वाचनले मुलुकमा राजनितिक स्थायित्व र दिगो सरकार बनाउने बताए ।
 
उपप्रधानमन्त्री गच्छदारले आगामी १५ वर्षमा मुलुकलाई समवृद्ध बनाउने खालको एजेन्डालाई मुख्य ठुला दलहरुले आगामी चुनावमा  प्राथमिक्ता दिनुपर्ने वताए ।

उपप्रधानमन्त्री गच्छदारले केहि घटना घटदैमा निर्वाचनका लागी सरकारले गरेको सुरक्षा व्यवस्था फितलो भन्न नमिल्ने भन्दै मंसिर–१० र २१ गते हुन लागेको निर्वाचनका लागी सरकारले चारवटै सुरक्षा निकाय परिचालन गरेकाले निर्धक भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
 
उपप्रधानमन्त्री गच्छदारले मुलुक संघियतामा गइसकेको र केन्द्रको अधिकार गाँउपालिका र नगरपालिमा पुगि सकेकाले कार्यकारी राष्ट्रपति प्रणालीको  कुरा औचित्य नभएको प्रष्ट पारे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ