arrow

यु–१९ क्रिकेट : नेपालको भविष्य बंगलादेशको हातमा

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
nepal_ckt1.JPG

काठमाडौँ । १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अन्तिम खेलमा विजयी भएपनि यात्रा कठिन भएको छ । नेपालको भविष्य बंगलादेशको हातमा छ । समूहको अन्तिम खेलमा भारत र बंगलादेशबीचको खेलले नेपालको भविष्य निर्धारण गर्ने छ ।

बलियो प्रतिस्पर्धी भारतलाई हराएको नेपालका लागि बंगलादेशले जित्नै पर्ने छ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल अंकका आधारले दोस्रो स्थानमा छ । रनरेटमा भने नेपाल भारत भन्दा पछि छ । शीर्ष स्थानमा रहेको बंगलादेशको भने रनरेट भारत र नेपालको भन्दा बढी छ ।

वर्षाले प्रभावित खेल ३२ ओभरमा खेलाइएको छ । समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले हरायो ।

भारत र बंगलादेशको खेलपछि समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक, दुई खेल जितेको नेपाल र एक खेल जितेको भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ