arrow

यु–१९ क्रिकेट : नेपाल सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत आउट

सेमिफाइनल भिडन्त अफगानिस्तानसँग

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
Nepal11.JPG

काठमाडौं । नेपाल मलेसियामा जारी १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समूहका दुई खेल जितेको नेपाल पहिलो खेलमा हार व्यहोरेको बंगलादेशको जितले सेमिफाइनल पुगेको हो ।

समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

नेपाल समूह ‘ए’को उपविजेता हुँदै सेमिफाइनल पुगेको हो । बंगलादेश समूहविजेता बन्दै सेमिफाइनल पुग्यो । समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।  

मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । कुनै पनि तहमा नेपालले भारतलाई हराएको पहिलो पटक हो । मंगलबार बंगलादेशसँग पराजित भएपछि डिफेन्डिङ च्याम्यिन भारत समूह चरणबाटै आउट भएको छ । समूह 'ए'मै रहेकाे अायोजक मलेसिया पनि समूह चरणबाटै बाहिरएकाे छ ।

समूहको अन्तिम खेलमा मलेसियासँग विजयी हुँदा नेपालका लागि सन्दिप लामिछानेको भूमिका निकै ठूलो रह्यो । उनले खेलमा ४ ओभर ३ बलमा ८ रन खर्चेर ५ विकेट लिए ।

वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा  अलआउट भयो । जसमा ४ ओभर ३ बल गरेका सन्दिप लामिछानेले मात्र ८ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई–दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । ४६ रनको लक्ष्य पछ्याएको नेपालले जम्मा पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा अविजित रहँदै २६ रन बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ