arrow

खोटाङमा रुखको मुढाले लागेर राईको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
death-body-new.jpg.jpeg

विराटनगर । खोटाङमा रुखको मुढा लागेर एक जनाको मृत्यु भएको छ । 

रुपाकोट मझुवागढी नगरपालिका ९ बस्ने नरबहादुर राईका १४ वर्षीय छोरा दीपकको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

सो वडास्थित जंगलमा दाउरा खोज्न डिगेम्पा राई र दीपक सोही जंगलमा गएका थिए । डिगेम्पाले माथिबाट रुखको मुढा लडाउँदा ढुंगामा लागेर उछिट्टिँदा दीपकको टाउको र चिउँडोमा लागेको बताइएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा भर्ना गरिएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ