arrow

निर्माण व्यवसायी गौचन हत्या आरोपमा ५ जना पक्राउ 

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
gauchan_sab.png

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरीले पत्रकार सम्मेलन गरेर ५ जना पक्राउ गरेको जानकारी दिएको हो । 

प्रहरीका एआईजी जय बहादुर चन्दका अनुसार संलग्न सुटर राजीव स्याङ्तान सहित सहित पाँच जना पक्राउ परेका हुन्। चन्दले पत्रकार सम्मेलनमा गुण्डा समिरमानसिंह बस्नेतको निर्देशनमा व्यवसायी गौचनमाथि गोली हानेको प्रहरी अनुसन्धानमा देखिएपछि उनीहरुलाई अनुसन्धानको दायरामा ल्याईएको बताए । गोली हान्न निर्देशन दिने बस्नेतलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

यसरी पक्राउमा पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान सहित पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सहयोगी प्रकाश बूढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।  जसमध्ये महतोले हतियार व्यवस्थापन गरेको र गुरुङले मोटरसाइकल व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । 

गत असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको गोली हानी हत्या गरिएको थियो । लामो समयसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरी र सरकारको समेत आलोचना भईरहेको बेला प्रहरीले पाँच जनाको नाम सार्वजनिक गरेको हो । सरकारले घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ