arrow

कप्तान अनिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, ५०‍औँ खेलमा यात्रा टुंगियो

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
anil-gurung-new.jpg.jpeg

काठमाडौं । घरेलु मैदानमा फिलिपिन्ससँग बराबरी गरेसँगै नेपाली फुटबल टोलीका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासन लिएका छन् ।

अनिलको अन्तर्राष्ट्रिय फुटबल यात्रा ५०औँ खेलमा आएर टुंगिएको हो । अब उनी नेपाली राष्ट्रिय टाेलीबाट खेल्ने छैनन् । उनले राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सातदोवाटोमा भएको एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलसँगै गुरुङले आफ्नो ५०औँ खेल पूरा गरे । सन् २००७ मा ओमानविरुद्धको खेलबाट अनिल अन्तर्रष्ट्रिय फुटबलमा प्रवेश गरेका थिए ।

खेलको अन्तिम समयमा मैदानमा प्रवेश गरेका गुरुङले यो खेलसँगै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरे । यस अघिको एक खेलमा टोलीमा सभावेश नभएका गुरुङ सहभागि भएको खेल गोलरहित बराबरीमा सकियो । गुरुङ बाहिरिँदा १८ महिनापछि जगजीत क्षेष्ठ टोलीमा फर्किएका छन् ।

समूह चरणमा यसअघिका चार खेलमा जित निकाल्न नसकेको नेपाल एशियन कपको छनोटबाटै बाहिरिइसकेको छ । यो खेल प्रतिष्ठाको लागि मात्रै खेलेको थियो । नेपाल अवे खेलमा फिलिपिन्ससँग ४–१ को पराजित भएको थियो । 

यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाले गुरुङलाई एक समारोह गरी विदाई गरेको छ। कार्यक्रममा गुरुङलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले ब्लाजर कोट लगाईदिनुका साथै सम्मान पत्र प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ