arrow

भोट माग्दै दलित बस्ती पुगे लेखक

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
lekhak1.jpg

कंचनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम कंचनपुर -३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले प्रचार प्रसार कार्यक्रमलाई तीब्रता दिएका छन् । नेता लेखकले सोमबारदेखि प्रत्येक टोल टोलमा गएर घरदैलो गरि  भोट माग्न थालेका छन्। घरदैलो कार्यक्रम आन्तर्गत मंगलबार भीमदत्त नगरपालिका वडा नम्बर १७ को दलित बस्तीमा गइ मत मागेका हुन ।

दलित बस्तीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता लेखकले नेपाली कांग्रेसले मात्र दलितहरुको हक अधिकार सुनिश्चित  गर्ने भएकाले नेपाली कांग्रेसको पक्षमा मत दिन आग्रह गरे।

नेपाली कांग्रेसले  दलित, जनजाति , महिला , मधेसी लगायतका हक सुनिस्चित गर्न संविधानमा नै हक अधिकारको सुनिस्चितता गरेको   भन्दै  नेता लेखकले पछाडी परेको दलित समुदायको उत्थानका लागि आगामी दिनमा पनि बिषेश कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जाहेर गरे।

नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारी भएको संविधानमा पनि राज्यका हरेक अङ्गमा महिला, दलितहरुको सहभागिताको ब्यवस्था समेत गरेको नेता लेखकले  बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ