arrow

अबको २५ दिन मलाई दिनुहोस, बाँकी जीवन तपाईहरुलाई नै सुम्पने छु : महामन्त्री कोइराला

logo
धनु भुसाल,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
sashank-koi-mn.jpeg

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री एवं नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्य उम्मेदवार शशांक कोइरालाले नवलपुरको सुकुम्बासी समस्यालाई समाधान गरेर छाड्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।  मंगलवार नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ मा प्रचार प्रसारको सम्पर्क कार्यलय स्थापना गर्दै यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई प्रदेश सरकारबाट नभए केन्द्रबाटै भएपनि समाधान गरी छाड्ने प्रतिवद्धता व्यक्त गरे।

 २०४८ साल देखि ०५१ सालमा स्वगीय गिरीजाप्रसाद कोइरालाले बजारमुखी अर्थतन्त्र, मुद्रा अन्तराष्ट्रियकरणका साथै ३ वर्षको अवधिमा मुलुकमा कायापलट गरेको स्मरण गर्दै महामन्त्री कोइरालाले भने “अव युवाहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था गरी समृद्ध राष्ट्र निमार्णमा नेपाली कांग्रेस अगाडि बढ्नेछ ।”

लोकतन्त्रको रक्षा गरी मुलुकलाई समृद्धी र समुन्नतको बाटोमा अगाडि बढाउन नेपाली कांग्रेसले ५ वर्षे योजना लिएर जनतासामु उपस्थित भएको भन्दै नेपाली कांग्रेसको रुख चिन्हमा मत खसाल्नको लागि मतदाताहरुलाई आग्रह गर्दै महामन्त्री कोइरालाले भने “अबको २५ दिन तपाईले मलाई दिनुहोस बाकी जिवन तपाईहरुलाई नै सुम्पने छु । ”

त्यस्तै चुनावी प्रचार कार्यक्रममा बोल्दै उद्योगपति एवं प्रतिनीधि सभाको समानुपातिक उम्मेदवार विनोद चौधरीले आफु सधै विकासको एजेन्डा बोकेर हिड्ने हुदा अब नवलपुरको विकासको लागि स्पष्ट्र खाका तयार पारेर अगाडी बढ्ने बताए । उनले भने “कहिल्यै नथाक्ने र नझुक्ने मुलुकको ठुलो पार्टि नेपाली कांग्रेसले अब नवलपुरको मात्र होईन समग्र देशको नै नेतृत्व गरी समृद्ध राष्ट्र निमार्णमा अगाडि बढ्ने छ । खाली भोट र राजनितीका लागि भाषण गरेर न व्यक्त न राज्य केहि बन्न नसक्ने भन्दै अब महामन्त्री कोइरालाको नेतृत्वमा विकासको स्पष्ट्र खाका तयार पारेर आगाडि बढने छौ । ”

नेपाली कांग्रेसमा दुई साता अधि मात्रै प्रवेश गर्नुभएको चौधरीले द्धन्द्धकालको समयमा त चौधरी ग्रुपले राम्रो फ्टको मारको भन्दै मुलुकको नै ठुलो पाटि र सवै जनता एक भएर अगाडि बढ्ने हो भने नवपुरको मात्र होईन समग्र राष्ट्रको नै विकास गर्न सकिने बताए । कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई महामन्त्री कोइरालाले टिका र माला लगाई स्वागत गरेका थिए । नवलपुरमा नेपाली कांग्रेसले आफ्नो प्रचार प्रचारलाई तिव्र रुपमा अगाडि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ