arrow

पाटन औद्योगिक क्षेत्रमा आगलागी, तीन वटा दमकलले आगो निभाउँदै

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
aaglagi_bhaktapur.jpg

काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा आगलागी भएको छ । औद्योगिक क्षेत्र भित्र रहेको एक प्लाष्टिक उद्योगमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

अहिले आगो नियन्त्रणमा लिनको लागि काठमाडौ‌ं, भक्तपुर र ललितपुरको दमकलले प्रयास गरिएको छ । प्लाष्टिक उद्योगमा आगलागी भएकोले धेरै क्षति भएको अनुमान गरिएको भएपनि कति क्षति भएको भन्ने यकीन भर्इ नसकेको प्रहरीले जनाएको छ । 

विद्युत सर्ट भएर आगलागी भएको आश‌ंका गरिएको भएपनि यसको पनि कारण खुलिसकेको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ