arrow

कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेः चन्द्र भण्डारी

logo
सुर्य खनाल,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
chandra-bhandari.jpg.jpeg

गुल्मी ।  नेपाली कांग्रेस गुल्मी प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताएका छन् ।  

कालीगण्डकी गाउँपालीका वडा नम्बर ७ भुर्तुङ्गमा मंगलबार नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ को चुनावी कोण सभामा बोल्दै भण्डारीले  आफुले चुनाव जितेपछि पटक पटक जनतामाझ पुगेको र जनताका समस्या सहजिकरणका लागी अहोरात्र खटेको हुँदा जनताले चन्द्र भण्डारी नै रोज्छन भन्ने भएपछि छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेको बताएका छन् ।

उनले भने, 'यदि सडक डिभिजनको रातो किताब तयार गर्ने बेला लेटरप्याडमा मेरो सिङ्गेचर नभएको भए म राजनैतिक जिवनको सन्यास लिन तयार छु तर अधिनायकबादीहरु खबरदार सक्छौ आफु पनि विकास गर सक्दैनौ अरुले गरेका कामलाई समेत मैले गरेको नभन बरु स्वीकार हामी कम्युनिष्टहरुले  विकास गर्न सक्दैनौ ।'

 गरिवमाथी कति दिन फोहोरी र भ्रमको राजनीती चलाउने ? कति दिन अरुले गरेका कामलाई आफुले गरेको भन्ने भ्रम फिजाउन खेताला खाज्ने ? ,  हिजो जनतामाथी अधिनायक चलाउदा , जनतालाई दास बनाउन खोज्दा राणा शासन आज कहाँ पुग्यो ? नेपाली कांग्रेसले जनताको विकासमा वाधा पुर्‍याउन खोज्ने कसैलाई पनि नछोड्ने उनले चेतावनी दिए ।

 हिजो राणाहरुले जनतालाई शिक्षाबाट बन्चीत गराउदा , विकासका पुर्वाधारबाट बन्चीत गराउदा राणा शासनको पत्ता साफ गर्न सक्ने हैसियत भएको कांग्रेसले अधिनायक बादीहरुले जनताको अधिकार माथी यसरि नै लात प्रहार गरिरहे भने यसरि नै भ्रमको खेति गरिरहे भने  त्यस्ता अधिनायकबादीलाई ठेगान लगाउन सक्नै हैसियत जनतासँग रहेको लोकतन्त्रको तागतले सिध्याउने समेत चेतावनी दिए ।

कार्यक्रममा चन्द्र भण्डारी , प्रदेश नम्बर १ का उम्मेदवार पृथ्वी फोदार , पूर्व साँसद कृष्ण छन्तेल , ने.का. जिल्ला उपसभापति विष्णु बलाल , कालीगण्डकी गाउपालीका अध्यक्ष बेद थापा लगाएतको उपस्थिीमा रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ