arrow

नेविसंघको महामन्त्रीमा त्रिपाठी नियुक्त

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
ananda-tripathi.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले तनहुँ भानु नगरपालिका वडा नम्वर–८ निवासी विद्यार्थी नेता आनन्दराज त्रिपाठीलाई संघको महामन्त्रीमा नियुक्त गरेको छ । संघको विधान २०२७ को छैठौं संशोधन २०७३ को भाग ६ धारा ११ बमोजिम नेता त्रिपाठीलाई सो पदमा नियुक्त गरेको संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरद्धारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ । 

नवनियुक्त महामन्त्री त्रिपाठी यसअघि नेपाल ल क्याम्पस र विश्व भाषा क्याम्पसमा स्ववियु सचिव तथा संघको केन्द्रीय सदस्य समेत रहिसकेका छन् । संघको विधान अनुसार, दुईजना महामन्त्री निर्वाचित एकजना मनोनित गर्ने ब्यवस्था रहेको छ । 

नवनियुक्त महामन्त्री त्रिपाठीले गुणस्तर शिक्षाका अतिरिक्त शिक्षामा देखिएको विभेद अन्त्य गर्ने र संघको सांगठनिक विस्तार तथा शैक्षिक अधिकारका विषयमा आफ्नो योगदान रहने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ