arrow

कम्युनिष्ट गठबन्धनको दुई तिहाई सिट जित्ने सपना पुरा हुँदैन : नेता यादव 

logo
शिकेन्द्र पासवान,
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
bam_gathabandhan.jpg

बारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले कम्युनिष्ट गठबन्धनको दुई तिहाई सिट जित्ने सपना लोकतान्त्रिक गठबन्धनले कुनै पनि हालतमा पुरा हुन नदिने ठोकुवा गरे । देवताले गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यादवले नेपाली जनताले अहिले पनि लोकतन्त्र नै चाहेको बताए । 

एक अर्को प्रसंगमा पूर्व सांसद समेत रहेका यादवले मुलुकमा प्रजातन्त्र र गणतन्त्रलाई नेपाली काँग्रेसले नै संस्थागत गर्ने दावी गरे । काँग्रेस जिते मात्र देश जोगिने दाबी पनि यादवले गरे । सोही बैठकलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र न २ का प्रदेशसभाका उम्मेदवार मणिभुषन यादवले मुलुकमा जति पनि परिवर्तन भएको छ, त्यो सबै परिवर्तनको अगुवाई नेपाली काँग्रेसले गरेको स्मरण गराउँदै अबपनि अगुवाई गर्न काँग्रेस तयारी रहेको जानकारी दिए । 

मुलुकमा  शान्ति, सुशासन कायम गर्न,  प्रेस स्वतन्त्रताको रक्षा, संविधान कार्यन्वयन गर्नका लागि पनि बाम गठबन्धनलाई जसरी पनि हराउन जरुरी रहेको धारणा प्रदेशसभा सदस्य यादवले भने। देवताल गाउँपालिका नेपाली काँग्रेसको समन्वय समितिको संयोजक तथा प्रचारप्रसार समितिको संयोजक समेत रहेको हरिलाल यादव उर्फ बच्चु बाबाको अध्यक्षतामा सो घरदैलो सम्पन भएको थियो । बरवा, जबका, रौयाही, कटहरिया, फुलवारिया, पिप्राढीमा सो घरदैलो कार्यक्रम सम्पन्न भएको  रबि यादवले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ