arrow

गोलि बर्साउनेलाई किन भोट हाल्ने ? : उपेन्द्र यादव

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
yadhav.jpg

सप्तरी (पकरी) । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गरेका छन् ।  सप्तरीको आफ्नो निर्वाचन क्षेत्र २, महदेवा गाऊँ पालिका वडा नम्बर १, पकरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश विरोधी शक्तिलाई भोट नहाल्न आह्वान गरेका छन् । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा निहत्था जनतामाथि गोलि हान्न लगाउने तीन दललाई भोट नदिन अपील गरेका हुन् ।
 
अधिकार प्राप्तिका लागि सडक संघर्षमा रहेका निहत्था जनतामाथि हिजो गोलि हान्न आदेश दिने कांग्रेस, माओवादी र एमाले मधेश विरोधी हुन् । उनीहरुलाई भोट हाल्नु भनेको मधेश आन्दोलनको अपमान हो’– सयौंको संख्यामा उपस्थिति जनतालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने । अध्यक्ष यादवले औपचारिक रुपमा आइतबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका महासचिव मनिश कुमार सुमनले आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली वापत् फोरम नेपाल र राजपा नेतृत्वको मधेश गठबन्धनलाई भोट हाल्न आम जनतालाई अपील गरेका छन् । महदेवाको पकरीमा आयोजित सोही सभालाई सम्बोधन गर्दै नेता सुमनले पनि मधेश विरोधी शक्तिलाई भोट हालेर शहीदको अपमान गर्न नहुने सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ