मकवानपुरमा खुकुरी प्रहारबाट घाइते भएका तीनैको मृत्यु

प्रकाशित मिति : २०७४ कार्तिक २८ मंगलबार , ४,१२५ पटक हेरिएको

काठमाडौं । मकवानपुरको मनहरी–७ विजौनामा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको मनहरी प्रहरी चौकीले जनाएको छ ।

अन्दाजी ३०–३२ वर्षका बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । खुकुरी प्रहारबाट ५२ वर्षका सिताराम धिताल र धितालकै १२ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।

यस्तै, ६० वर्षका जीतबहादुर बुलनको पनि मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने र मृतक सबै एकै ठाउँका रहेको प्रहरीले जनाएको छ । दुई जनाको भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो भने, एक जनाको मनहरीमै मृत्यु भएको हो ।

नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र अन्यलाई आक्रमण गर्न नपाएको बताइएको छ । 

नयाँ