- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाटन औद्योगिक क्षेत्र भित्रको प्लाष्टिक उद्योगमा लागेको आगो २ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित तीनवटै जिल्लाका बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको काम भईरहेको भएपनि अहिलेसम्म आगो नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्लाष्टिक उद्योगमा आगलागी भएकोले अपेक्षित रुपमा आगलागी नियन्त्रणमा आउन सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको भएपनि यसको पनि कारण खुलिसकेको छैन । अहिले आगो निभाउन तर्फ नै सबैको ध्यान केन्द्रीत भएकोले क्षतिको विवरण पनि केही नआएको प्रहरीले जनाएको छ ।