arrow

लौ यस्तो आयो प्रचण्डको प्रतिवद्धतापत्रः ‘प्रचण्ड रोजगारदेखि, प्रचण्ड आवास योजनासम्म’

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
pmprachandadahal.jpeg

चितवन । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाका सातै वटा स्थानीय तह एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाकासहितको प्रतिबद्धतापत्र मंगलबार यहाँ सार्वजनिक गरेका छन् । 

दाहालको प्रतिबद्धतापत्रमा ‘प्रचण्ड रोजगार योजना’, ‘प्रचण्ड आवास योजना’, ‘चितवन औद्योगिक नगरी’, ‘समृद्ध माडी, सम्पन्न माडीबासीको सपना’, चितवन कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र, सामुदायिक शिक्षामा क्रान्तिकारी विकास, समृद्ध र विकसित चितवनको सपना, पर्यटकीय चितवन नगरीका लागि विशेष योजना, चितवनलाई मेडिकल राजधानी बनाइने र चितवनको विकास निर्माणको स्थायित्व शीर्षक रहेका छन् ।

निकै महत्वकांक्षी योजना पनि प्रतिबद्धतापत्रमा राखिएको छ । आफ्नै नामबाट विकास योजना दिइएको छ भने नारायणीमा तीनवटा पुल, मेट्रो वा मनो रेल, निकुञ्ज आवतजावत गर्न सुरुङ मार्ग वा आकाशे पुल, पाँच वर्षभित्र ५० हजारलाई रोजगार, समग्र चितवनको एउटै मेट्रो सिटी र भूमिहीनलाई आधुनिक आवास जस्ता महत्वकांक्षी योजना प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

चितवनमा मेट्रो वा मनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइने उहाँको प्रतिबद्धतामा उल्लेख छ । मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति, भरतपुर–मेघौली सडक स्तरोन्नति, नारायणी नदिमा तीन वटा थप पुल निर्माण गरिने, नारायणी र राप्ती नदीमा तटबन्ध गरी चक्रपथ निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

भण्डारा–मलेखु सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइने र शक्तिखोर–फिस्लिङ् सडक निर्माण गरिने प्रतिबद्धतामा जनाइएको छ ।

उद्योग, कृषि, सेवा, यातायातलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र ५० हजारलाई नयाँ रोजगारीको सिर्जना गरिने उल्लेख छ । ‘प्रचण्ड आवास योजना’अन्तर्गत भूमिहीन सुकुम्बासीलाई पहिलो प्रथामिकताका साथ उनीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुतलाको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने उल्लेख छ ।

प्रतिबद्धतापत्रमा औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी, विद्युत्, सञ्चार आदि सुविधा पु¥याइने उल्लेख छ । कालिका नगरपालिकामा रहेको सो औद्योगिक क्षेत्रको समग्र विकासमा एकीकृत योजना निर्माण गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ