arrow

मुख्य प्रशासनिक भवनको यो बिजोग

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
singhadarwar-damage.jpeg

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको तस्वीरले नै पुनर्निर्माणको अवस्था प्रष्ट देखाउँछ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा थप जिर्ण बन्दै गएको छ । 

भूकम्पले भवन चर्काएको ३० महिना बितिसक्दा पनि भत्काएर नयाँ बनाउने कि सबलीकरण गरेर जोगाउने भन्ने टुंगो लागेको छैन ।

भवनको सबलीकरण गर्ने वा भत्काउने भन्ने टुंगो नलागे पनि सरकारले पटकपटक गरी करोडौं खर्च गरिसकेको छ । 

गत असारमा प्लास्टिकले ढाक्न प्राधिकरणले ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो । 

दुई महिनाअघि स्काफोल्डिङमा एक करोड २४ लाख खर्च गरेको छ । 

यसअघि सहरी विकास मन्त्रालयले भवनको अध्ययनमा लाखौं खर्च गरेको थियो । 

प्राधिकरणले अध्ययनकै लागि पुनः दुई करोड खर्च गर्ने तयारी गरेको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ