arrow

आर्थिक समृद्धिको अभियानमा लाग्न सभापति देउवाको सार्वजनिक अपिल

'काँग्रेसको घोषणापत्रमा कुनै श्रुतिमधुर शब्दजाल छैन, सबै प्रतिवद्धता पूरा हुन्छ'

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
sher-bahadur-deuba.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक समृद्धिको अभियानमा लाग्न सार्वजनिक अपिल गरेका छन् । सभापति देउवाले जारी गरेको सार्वजनिक अपिलमा सभापति देउवाले मुलुकले राजनीतिक परिवर्तनको युग गुजारिसकेको भन्दै अब आर्थिक विकासको काममा लाग्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् । 

उनले नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि  नै लोकतन्त्र र समाजवादको अदर्शप्रति समान रुपमा प्रतिवद्ध  रहँदै आएको छ र लोकतान्त्रिक प्रणाली मार्फत पुँजीको निर्माण र विकास तथा त्यसको उत्पादनशील समावेशी र समन्वयिक वितरणमार्फत  सामाजिक सदाचारको प्रत्याभुति सहितको लोककल्याणकारी समाजवादी अर्थ राजनीतिक व्यवस्थाको स्थापना गर्ने उद्देश्य राख्ने बताएका छन् । नेपाली काँग्रेस कम्युनिष्टहरुले रुचाउने गरेको जस्तो राज्यनियन्त्रित, वैयक्तिक सृजनशिलता र स्वतन्त्रता प्रति असन्तुलित र लोकप्रियतामुखि अर्थनीतिको सर्वदा विपक्षमा रहेको भन्दै नेपाली काँग्रेसले सुरु गरेको आर्थिक समृद्धिको अभियानमा लाग्न आह्वान गरेका हुन् । 

नेपाली काँग्रेसका लागि 'घोषणा पत्रू कुनै निरर्थक अयथार्थ र चामत्कारिक अपेक्षा जगाउने श्रुतिमधुर शव्दजाल नभएको भन्दै उनले नेपाली काँग्रेसका लागि घोषणापत्र भनेको कार्यान्वयनको इमान्दार अठोट र दृढ संकल्पसहितको 'प्रतिबद्धतापत्र' हो भनेका छन्। 'त्यो भन्दा पनि बढी कार्यन्वयनको स्वच्छ रणनीति, मार्गचित्र र जोखिम निराकरणको 'कार्यान्वयनपत्र'  हो ।'

यस्तो छ सभापति देउवाको सार्वजनिक अपिल पत्र

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ