arrow

मैत्रिपुर्ण खेलमा ब्राजिल, इङल्याण्ड, स्पेन, रुस, जर्मनी र फ्रान्सले खेले बराबरी

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
brazil-england.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपुर्ण फुटबलमा मंगलबार राति धेरैजसो खेल बराबरीमा सकिएका छन् । 

निकै रोमाञ्चक खेलमा ब्राजिल र इङल्याण्डले गोलरहित बराबरी खेले । 

ब्राजिलले गोलका लागि निकै संघर्ष गर्यो । तर ब्यर्थै भयो । नेइमार पनि चल्न सकेनन् । 

स्पेनले रुससंग ३–३ को बराबरी खेल्यो । स्पेनका लागि सर्जियो रामोसले दुई गोल गरे । दुवै गोल पेनाल्टीमार्फत भए । अर्को गोल योर्डी अल्बाले गरे । 

जर्मनी र फ्रान्सले २–२ को बराबरी खेले । जर्मनीका लागि तिमो वेर्नर र लार्स टेन्डिलले गोल गरे । फ्रान्सलाई दुवै गोल एलेक्जेन्दर लाकाजेट्जले गरे । 

अन्य खेलमा दक्षिण कोरिया र सर्वियाले १–१ को, गाबोन र बोस्नियाले ०–० ले, कतार र आइसल्याण्डले १–१ को, पोर्चुगल र अमेरिकाले १–१ को, वेल्स र पानामाले १–१ को बराबरी खेले । 

बेल्जियमले जापानलाई १–० ले हरायो । स्लोभाकियाले नर्वेलाई १–० ले हरायो । अर्जेन्टिना भने नराम्ररी पराजित भएको छ । 

अर्जेन्टिनालाई नाइजेरियाले ४–२ ले हराएको हो । अर्जेन्टिनाका लागि बानेगा र सर्जियो अगुएरोले १–१ गोल गरे । 

 

Brazil without a doubt had the better of the contest but were frustrated by a dogged performance by England

 It was a shame for the Crystal Palace loanee after his England career began so brightly against Germany last weekEngland started brightly with forward Marcus Rashford looking to use his pace and run at the Brazilian back line

After his man-of-the-match-display against Germany last week Ruben Loftus-Cheek kept his place in the England midfield

There was a hairy moment for restored England keeper Joe Hart when he had to make a rushed clearance on his left foot

Alexandre Lacazette struck twice as France were held by Germany in Cologne

Anthony Martial skinned Niklas Sule before squaring for his striker partner Lacazette to tap in

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ