दुई दुर्घटनामा तीनजनाको मृत्यु

प्रकाशित मिति : २०७४ कार्तिक २९ बुधबार , १,३५३ पटक हेरिएको

हेटौँडा । हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । रासस

नयाँ