arrow

‘तिम्रो काँग्रेस मेरो काँग्रेस’ चुनावी गीत (भिडियोसहित)

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
timro-congress-mero-congress.JPG

काठमाडौं । संचारकर्मी एवं गायक कृष्ण समीप सुवेदीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसलाई भोट माग्दै गीत सार्वजनिक गरेका छन् ।

‘तिम्रो काँग्रेस मेरो काँग्रेस’ भन्दै आत्मीयता बढाइ काँग्रेसलाई किन भोट हाल्ने भन्ने भावना गीतमा समेटिएको छ । 

आफ्नै शब्द र संगीतमा गीत निकालेका समीपको गीतमा उनलाई कस्तुप पन्त, बिलन थापा, अमृता लुंगेली, कल्पना सुनुवार र साबित्रा बस्नेतले स्वरमा साथ दिएका छन् ।

गीतमा हिमाल, पहाड, तराई, जात, जाति, भाषा, भाषी, कला, संस्कृति सबैलाई एउटै मालामा उन्ने काम काँग्रेसले गर्दै आएको भन्दै मतदान गर्न आग्रह गरिएको छ । 

आर्थिक विकासका लागि बीपीको समाजवाद चाहिन्छ भन्ने सन्देश दिइएको गीत राधिका इन्टरटेनमेन्टको प्रस्तुतिमा कृष्ण समीप सुवेदी नामक यु–ट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । 
हेर्नुस् भिडियो–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ