arrow

कम्यूनिष्टका गुरु प्लेटो भन्छन, 'सबै आइमाई र धनसम्पत्ति साझा हुन'

logo
शोभाकर पराजुली,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
shobhakar-parajuli.jpg

काठमाडौं। प्लेटोलाई कम्यूनिस्टहरुले गुरु मान्छन्। तिनै प्लेटोले आफ्नो ‘विधिशास्त्र’ नामक किताबमा भनेका छन् ‘सबै आइमाई र धनसम्पत्ति साझा हुन्।’ उनले महिलाहरुलाई सन्तान उत्पादन गर्ने मेशिन सरह सबैको उपभोगको वस्तु ठान्थे। महिलाप्रति कम्यूनिष्टहरुको कस्तो हेपाहा एवं तल्लो सोच। कृपया सबैले यो कुरा बुझौं र बुझाअौं।

वास्तवमा कम्यूनिष्टहरुको कुरा र काम गर्ने तरिका फरक फरक हुन्छ। अहिले हामीलाई प्लेटोको कुरासंग के सम्बन्ध भनेर प्रतिक्रिया आउन थालेका छन्। त्यसो भए हामीलाई कार्लमाक्र्ससंग के सम्बन्ध। माओसंग के सम्बन्ध। लेनिनसंग के सम्बन्ध। स्टालिनसंग के सम्बन्ध भनेर किन भन्दैनन् उनीहरु ? 

किन आफ्नो पार्टीको नाम माक्र्सवादी लेनिनवादी राख्छन् ? माओवादी किन राख्छन् ? उनीहरुका तस्वीरहरुलाई सिद्धान्तको प्राधिकार बनाएर पार्टी कार्यालय र घरघरमा सजाइएका हुन्छन्। त्योसंग के सरोकार राख्छ ?  कार्लमाक्र्स मरिसके। लेनिन मरिसके। स्टालिन मरिसके। माओ मरिसके। 

आफ्नो विधिशास्त्रमा प्लेटोले यस्तो समाजको परिकल्पना गरे जसमा सारा जनताले न केबल सम्पूर्ण धनसम्पत्तिमाथि साझा स्वामित्व प्राप्त गर्दथे बरु त्यहाँ रहेका सबै आइमाई र बालबालिका समेत साझा सम्पत्ति मानिन्थे। तर यस्तो समाज जसमा निजी र व्यक्तिगत भन्ने कुरा जीवनबाटै पूर्णरुपमा प्रतिवन्धित हुन्थ्यो र प्रकृतिले निजी अंगका रुपमा दिएका जस्तै आँखा, कान र हातहरुलाई समेत साझा रुपमा हेरिन्थ्यो। र, कुनै न कुनै रुपमा सबैले साझा रुपमा देख्थे। अर्थात् कम्यूनिस्टहरु त्यति धेरै क्रुर थिए।

साझा अवसरहरुलाई लिएर सबै मानिसहरुले तारिफ गर्ने र दोष लगाउने, खुशी मनाउने र अफशोस मनाउने गर्दथे। अथवा वैयक्तिक स्वतन्त्रता भन्ने चिज कम्यूनिस्टहरुको डिक्सनेरीमा हुँदैन। कम्यूनिस्टहरु क्रुर हुन्छन्। उनीहरु वास्तवमै क्रुर हुन्छन्। स्टालिन, लेनिन लगायतले गरेको ज्यादति देखेर कम्यूनिस्टहरु क्रुर नै हुन्छन्। सत्य कुरा पचाउन नसकेका कारणले गर्दा उनीहरु थप क्रुर भएका हुन्। 

नेपालका कम्यूनिस्टहरुको कुरो बुझिनसक्नुको छ। उनीहरुले या त आफ्नो नाम परिवर्तन गर्नुपर्यो। हामी माक्र्सवादी हैनौं। लेनिनवादी हैनौं भन्नुपर्यो। कम्यूनिस्ट हैनौं भन्नुपर्यो। होइन भने उनीहरुले अहिले सत्ता परिवर्तन गर्ने, व्यवस्था परिवर्तन गर्ने भनेर जसरी कम्यूनिस्ट गठबन्धन गरेका छन् त्यो भ्रम हो। अहिलेको यो वाम गठबन्धन होइन कम्यूनिस्ट गठबन्धन हो। 

जुन संविधानको जगमा उभिएर उनीहरुले प्रधानमन्त्री, मन्त्री र सांसदहरु भए त्यही जनताले बनाएको संविधानलाई च्यात्ने काम गरेका छन् यिनीहरु सुरुदेखि नै लोकतन्त्रवादी हैनन्। व्यक्तिगत स्वतन्त्रताका विरोधी हुन्। उनीहरुले त्यस्तो समाजको परिकल्पना गरेका छन् जुन चाहीं २१ औं शताब्दीमा सम्भावना छैन। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ