arrow

मलेसियामा एक नेपालीको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
death-body-new.jpg.jpeg

राजविराज । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । 

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले  जनाएको छ । 

वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए । 

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए । अन्जनीको मृत्युको खबरले अहिले सिंगो तिलाठी गाउँका युवा शोकमग्न भएका छन् । 

यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ