arrow

चौरसीयाले मतदातासँग भने - 'कांग्रेसले बहुमत ल्याए मधेशको माग सम्बोधन हुन्छ'

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
chaurasiya.jpg

विरगंज। पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार एवम् पुर्व मन्त्री अजयकुमार चौरसीयाले नेपाली कांग्रेसले बहुमत ल्याए मधेशको माग सम्बोधन हुने बताएका छन् ।  चौरसीयाले वीरगंज महानगरपालीकाको वडा नम्बर ९ मा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।


 कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार चौरसीयाले  कांग्रेसले उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरे। मधेशको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्ने भएकाले पनि कांग्रेसलाई जिताउन उम्मेदवार चौरसीयाले मतदाताहरुसंग आग्रह गरे।

चौरसीया र क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभा उम्मेदवार रामरुप कुर्मी सहितको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।  वीरगंजको घण्टाघरबाट कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार चौरसीयाको नेतृत्वमा निकालीएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

 घर दैलो कार्यक्रममा ९ नम्बर वडाका बुथ सभापती जवाहरलाल रौनियार, महाधिवेशन प्रतिनीधी मनोज साह, बहुदरामाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साह, महाधिवेशन प्रतिनिधी अशोक कुमार गुप्ता लगायत स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ