arrow

दाङलाई प्रादेशिक राजधानी नबनाउन एमालेको  षड्यन्त्र: गिरी

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
deepak-giri-ministor.jpeg

दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक संघात्मक संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबै सचेत नागरिक अग्रसर हुनुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब दाङले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गिरीले वाम गठबन्धन अप्राकृतिक भएको र मुलुकमा लोकतन्त्र आइसकेको अवस्थामा अब कम्युनिष्ट अधिनायकवाद कदापि स्वीकार्य नसक्ने बताए । 

मुलुक अब शान्ति प्रक्रियामा प्रवेश गरिसकेका अवस्थामा फेरि कम्युनिष्टले वाम गठबन्धनका नाममा राजनीतिक मुठभेटको अवस्था सिर्जना गर्न खोजेको बताउँदै अब मुलुकलाई आन्दोलन होइन समृद्धि चाहिएको छ भने । 

पूर्वमन्त्री गिरीले दाङ राजधानी बनाउन काँग्रेस र नेकपा(माओवादी केन्द्र) पहिलेदेखि नै लागिरहेको भए पनि एमालेले बुटवल राजधानी बनाउने षड्यन्त्र रचिरहेको आरोप लगाए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ