arrow

ओलीले काँग्रेसलाई साम्यवाद सिकाउने ?(अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
laxman_ghimire.jpg

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक ऐतिहासिक संसदीय निर्वाचन हुँदैछ । यद्यपि, मुलुक संघीय संरचनामा गएपनि विगतका निर्वाचन र अहिलेको निर्वाचनका राजनीतिक र वैचारिक एजेण्डा मिल्दा जुल्दा नै छन् । तर, अहिलेको आवश्यकता भने भिन्न छ । अहिले संविधान कार्यान्वयन र मुलुकको पुनःसंरचना प्रमुख मुद्धा हो । दलहरुले राजनीतिक मुद्धा र सामाजिक मुद्धा विर्सेर अनावश्यक वैचारिक कलह निम्त्याएका छन् । उनीहरुले लामो समयको अस्थिर राजनीतिबाट सिकेको पाठ लत्याएका छन् । फेरि साम्यवाद र समाजवादको नारा उठाएर मुलुकलाई वैचारिक द्वन्द्वतिर धकेल्न खोजिएको छ । विगतदेखि सम्बोधन हुन नसकेका राजनीतिक र सामाजिक मुद्धा सम्बोधन गर्नुको साटो दलहरु यो वाद वा त्यो वादको दोहोरीमा उत्रिएका छन् । अहिले साम्यवाद र समाजवादको वैचारिक कलह गर्न आवश्यक थियो ? के राजनीतिक दलहरुसँग चुनावी मुद्दा छैन ? अहिलेको चुनावी राजनीति के हो ? कसरी बुझ्ने ? यसै विषयमा हामीले वीपी विचार राष्ट्रिय संस्थापक सदस्य,समाज, लक्ष्मण घिमिरेसँग कुरा गरेका छौँ ।

० अहिलेको चुनावी राजनीतिलाई कसरी बुझ्ने ?
– एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन बन्न पुग्यो । उहाँहरुले गठबन्धन बनाइराख्दा उहाँहरुले जुन भाषा बोले, अभिव्यक्ति दिए त्यसले नेपाली समाजमा ठूलो तरंग ल्यायो । उहाँहरुले हामी १० वर्ष भित्रमा नेपालमा कम्युनिष्ट शासन लागू गछौं । एमाले र माओवादी मिलेर यसभन्दा अगाडि पनि सरकार बनाएकै हो, २०६४ सालपछि प्रचण्डको नेतृत्वमा सरकार पनि बनेकै हो । झलनाथ खनाल प्रधानमन्त्री बन्दा पनि उहाँहरु दुईवटा मिलेर बनाएकै हो । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि एमालेसँग मिलेर सरकार बनाएकै हो । उहाँहरुले भन्ने खोजेको कम्युनिष्टहरु मिलेर शासन सञ्चालन गर्ने होइन, कम्युनिष्ट शासन लागू गर्छौ भन्नुहुन्छ ।
एकातिर संविधान कार्यान्वयन भइरहेको छ, स्थानीय तहको निर्वाचन सकियो, प्रान्त र केन्द्रको हुँदैछ, त्यसपछि यो संविधानलाई लागू गर्ने सन्दर्भमा सबै निर्वा्चित जनप्रतिनिधि आइसकेपछि एउटा पाटो सकिन्छ, नयाँ पाटो आउँछ । वाम गठबन्धन संविधानको विपरित १० वर्ष्भित्र कम्युनिष्ट शासन लागू गर्ने भनिसकेपछि त्यसले तरंग ल्याउनु स्वभाविक थियो । नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने अवस्था सिर्जना आयो । त्यसले अहिले नेपालको सम्पूर्ण राजनीति र विकास निर्माण र स्थायित्वको सट्टा अर्को एउटा नयाँ वैचारिक द्वन्द्वतर्फ धकेलिरहेको अवस्था छ ।

० वैचारिक द्वन्द्वको आवश्यकता थियो ?
– आवश्यकता थिएन, निर्वाचन भइसकेपछि पनि स्थानीय तहमा सरकारले कर्मचारी पठाउन सकेको छैन । स्थानीय तहमा बजेट पठाएर त्यसको कार्यान्वयन हुन सकेको छैन । जनतालाई धेरै आशा बाढिएको थियो । निर्वाचन हुनुअघि काठमाडौं, ललितपुरका मेयरहरुले के भनेका थिए, अहिले के गरिरहेका छन् ।
यी सबै कुरा व्यवस्थित गर्नुपर्नेमा वाम गठबन्धन सामन्यवाद ल्याउने कुरा गर्छन् । कांग्रेसले सामन्यवाद बुझेकै छैन भन्छन् एमाले अध्यक्ष केपी ओली । सबैलाई बराबर बनाउने भन्ने व्याख्या गर्छन् । साम्यवाद कांग्रेसले बुझेको छैन ? बामपन्थीहरुले भनिराख्नुपर्छ । कम्युनिष्ट शासन प्रणाली लागू गर्छु भनेर उहाँहरु लागिसकेपछि देशमा विकास निर्माण र स्थायित्व दिनेतर्फ भन्दा पनि राष्ट्रलाई राजनीतिक द्वन्द्वतिर धकेल्ने प्रयास भइरहेको छ ।

० उहाँहरुले खोजेको साम्यवाद कस्तो रहेछ ?
– कम्युनिष्ट शासन प्रणाली भन्नासाथ उहाँहरु एकदलीय सर्वसत्तावाद भन्ने बुझिन्छ । अथवा यो राष्ट्रमा कम्युनिष्टहरुकै मात्र शासन हुनसक्छ । पहिलो संविधानसभामा माओवादीले पेस गरेको दस्तावेजमा नेपालको राजनीतिक प्रणालीलाई राष्ट्रपतीय प्रणाली, एउटा पार्टीको सेरोफेरोमा अरु पार्टीहरु रहने उल्लेख छ । त्यो दस्तावेज यथावत छ । अर्थात् उहाँहरु बहुदलीय व्यवस्था मान्ने तर बहुलवादलाई मान्दैनन, विचारलाई मान्दैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ