arrow

वीपीको चुनावी घोषणापत्र सार्वजनिक

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
bp_koirala.jpg

काठमाडौँ । नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले वीपीको विचारका साथै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सुशासन र वैदिक सनातन धर्म संस्कृतिको रक्षालाई मुख्य मुद्दा बनाएको छ ।

घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हरिबोल भट्टराईले बिपीको विचारका माध्यमबाट राष्ट्रको परिवर्तन सम्भव भएको बताए ।

“काँग्रेसले कुनै दलको वैशाखी नटेकी लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने विचार कार्यान्वयन हुन नसकेपछि नयाँ दल गठन गरेका हौँ, मुलुकलाई निकास दिन वीपी विचार अपरिहार्य छ भन्ने हाम्रो मत छ”, भन्दै उनले प्रतिनिधिसभा निर्वाचनका लागि आफूले काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

पार्टीले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि २३ प्रतिनिधिसभा सदस्य र आठ प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएको प्रवक्ता देवेन्द्र पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ