arrow

कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् : चन्द्र भण्डारी

logo
सूर्य खनाल,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
chandra-bhandari-andolan-interview.jpeg

गुल्मी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का उम्मेदवार चन्द्र भण्डारीले नेपाली कांग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताएका छन् ।  नेता भण्डारीले कालीगण्डकी गाउँ पालिका वडा नम्बर ७ भुर्तुङ्गमा बुधबार  आयोजित चुनावी सभामा सो कुरा बताएका हुन् ।

उनले आफुले चुनाव जितेपछि निरन्तर जनतामाझ पुगेको र जनताका समस्या सहजिकरणका लागी अहोरात्र खटेको बताउदै भने,“ मैले निर्वाचन गरेपछि  गुल्मीको पूर्वाधार र सेवा क्षेत्रको विकासमा गरेको योगदानबाट त्रसित भएका कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेका छन् ।”

उनले जिल्लामा सडकको विस्तार र स्तरोन्नतिको लागि गरिएको कामको प्रभाव राम्रो भएकोले यसमा विवाद सिर्जना गर्न खोजिएको बताए ।  आइसकेका योजनामा विवाद गर्नुको अर्थ नभएको बताउदै उनले हुति भए नयाँ काम गरेर जस लिन  कम्युनिष्ट गठबन्धनका प्रतिद्धन्द्धीलाई चुनौति दिए ।

उनले गरिब जनतालाई भ्रममा पारेर कांग्रेसको असल कामको जस दिन नसक्ने कम्युनिष्टहरुले आफूले अवसर पाएको बेलामा भ्रष्टाचारमा लिप्त भएर गनाएको पनि उल्लेख गरे।

निर्वाचन अभियानको क्रममा चुनावी सभा र  घरदैलो कार्यक्रम साथसाथै लगिरहनुभएका चन्द्र भण्डारीको प्रचार कार्यक्रम निर्वाधरुपमा निरन्तर चलिरहेको छ ।उनको अभियानमा प्रदेश नम्बर १ का उम्मेदवार पृथ्वी फोदार , पूर्व साँसद कृष्ण छन्तेल, ने.का. जिल्ला उपसभापति विष्णु बलाल , कालीगण्डकी गाउपालिका अध्यक्ष बेद थापा लगायत साथै रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ