arrow

सिपाही, डिआईजी हुदै उम्मेदवारसम्म

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
ram_bd_kakre.JPG

पाल्पा ।   पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका मुझुङ्गमा जन्मेका राम कार्की सरकारी सेवाबाट निवृत हुन् । २०२४ सालमा फर्स बहादुर कार्कीका जेठा छोराको रुपमा जन्मेका कार्की मिलनसार , परिश्रमी, र बौद्धीक ब्यक्ति हुन् । निजामती सेवाका होस या गृह रक्षा मन्त्रालय अन्तर्गतका उच्च पदस्त कर्मचारी सरकारी सेवाबाट अवकाश हुना साथ विदेश या त काठमाडौंमा महल बनाएर बसोबास गर्ने प्रवृत्ती छ ।

 तर  कार्की  गृह मन्त्रालय अन्तर्गर्त राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक (डि.आई.जी) बाट एक बर्ष अगाडी सेवा निवृत्त भएपछि आफ्नै गाउँ रैनादेवी गाउँपालिकाको मुझुङ्गमा फर्किएर सामाजिक , राजनैतिक क्रियाकलापमा क्रियाशील रहेका छन्  । प्रहरीमा सबै भन्दा तल्लो सिपाही  पदबाट सेवा प्रवेश गरी जागिर र अध्ययनलाई एकै साथ बढाउदै जादा निर्देशक सम्म पुगे ।

 कुटनैतिक क्षेत्रमा समेत राम्रो जिम्मेवारी र कर्तव्य पुरा गरेको अनुभव हालिस गरेका कार्की परराष्ट्र सेवा अन्तर्गत झण्डै दुइ बर्ष नेपालका लागी नयाँ दिल्लीको राजदूतावासमा काउन्सिलर , कूटनैतिक पदमा कार्यरत थिए । यतिखेर उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्यका उमेदवार बनेका छन् । उनका बुवा फर्स बहादुर कार्की  निरंकुस पञ्चायत शासन बेला देखि नै नेपाली कांग्रेसको राजनिति गरेकाले पनि उनलाई परिवारबाटै राजनीतिमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन् ।

 विद्यार्थी कालमा नेपाल विद्यार्थी संघको सदस्य लिएका कार्की पञ्चायतकालमा विद्यार्थी संघले आयोजना गरेका आन्दोलन देखि हरेक गतिविधिमा क्रियासील रहदै आए । उनी २०४३ सालमा राट्रिय अनुसन्धानको सिपाही पदमा जागिरे रहदाँ  नेपाली कांग्रेसका नेता स्व. गिरिजा प्रसाद कोइराला, शुसिल कोइराला , वर्तमान पार्टी सभापति शेर बहादुर देउवाको सामीप्यता रहेर काम गर्ने अवसर प्राप्त भएको थियो । त्यसैले पनि उनलाई राजनितिमा प्रवेश गर्ने सहज बाटो खुलेको हो ।
 
२००७ साल देखि मुलुकमा भएको परिवर्तनका आन्दोलनको नेतृत्व गरेको पार्टी भएको राष्ट्रिय , प्रजातन्त्र ,समाजवाद , लोकतन्त्रको आर्दश र सिद्धान्त बोकेको जनताको आकर्षण भएको मुलुकमा अप्ठारो परिस्थिती सिर्जना भएका बखत नेपाली कांग्रेसले नेतृत्वदायी भुमिका खेलेको कारण  राष्ट्रिय , अन्तराष्ट्रिय समुदायले समेत नेपाली कांग्रेस प्रति भरोसा र विश्वास गरेकोले मैले नेपाली कांग्रेसलाई नै रोजेको कार्की बताउँछन् ।

 इमान्दार र क्रियाशील कार्कीले राजनिति शास्त्रमा एम.ए. र कानुन शास्त्रमा वि. एल गरेका छन् ।  ४८ वर्षको उमेरमा डि. आइ.जी. पदबाट अवकाश पाएका कार्कीले बाँकी समय आफ्नो जिल्ला र गाँउमा केही गर्ने सोचका साथ  जिल्ला फर्केर समाजसेवा र राजनितिमा लागेका छन्  ।   सामाजिक क्षेत्रमा कृयाशीलता , राजनैतिक सुझ बुझले नै पार्टीले नाम सिफारिस गरिदिए पछि  प्रतिनिधि सभा क्षेत्र नम्वर २ 'ख' बाट नेपाली काँग्रेको तर्फबाट उम्मेदवार बनेका छन् ।  

पाल्पा —बुटवल  सिद्धबाबा सडकलाई  मृत्यूमार्गका रुपमा लिने कार्कीले मृत्यू मार्गलाई जीवन मार्गमा रुपमान्तरण गर्ने,  युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार दिलाउने , पाल्पामा  कृषि , पशुपालन र पर्यटनको प्रचुर सम्भावना रहेकाले निर्वाचन जितेमा यि योजना सहित आफु अगाडी बढेको कार्की भन्दछन् ।  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ