arrow

कपनका शेर्पा समुदायले गगनलाई भोट दिने

भन्छन् -'समावेशीता बचाउन गगनलाई मत दिनुस्'

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
gagan1.png

काठमाडौं ।  काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ ।  गगन थापा उम्मेदवार रहेको कपनमा  क्षेत्रमा २ हजार शेर्पा समुदायले समर्थन गर्ने भएका छन् ।  बुधबार नेपाल लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा थापाको हातबाट सदस्यता लिँदै सयौं शेर्पा समुदायका युवाहरु कांग्रेस प्रवेश गरे । काठमाडौं ४ मा रहेका करिब २ हजार शेर्पा समुदाय आवद्ध सबै संघसंस्थाले समेत देशकै भविष्य र भावि प्रधानमन्त्री भन्दै थापाको पक्षमा समर्थन जनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथीका रहेका थापाले शेर्पाहरु स्वभावका हिसावले पनि कम्युनिष्ट हुनै नसक्ने बताए । आफ्नो गरिखाने इमान्दार शेर्पा समुदायको स्वभाव कांग्रेस सँग मिल्ने बताए । उनले यस अघिको निर्वाचनमा संविधान बनाउँछौ भनेर मत मागेको र त्यो जिम्मेवारी पुरा गरेकाले कांग्रेसले जनताको बीचमा मत माग्न जाँदै गर्दा हिनताबोध गर्नुपर्ने कारण नभएको बताए । ‘हामील संविधान बनाउँछौं मत दिनुस् भनेर भन्यौं र जिम्मेवारी पुरा पनि गर्यौ,’ उनले भने, ‘अब तयो संविधानले हालेको जगमाथी तला थप्न मत दिनुस् ।’ उनले आफु निर्वाचित भएमा कांग्रेसले घोषणापत्रमा लेखेको कुरा कार्यान्वयन गर्न भूमिका खेल्ने पनि बताए ।

 केपी ओली र पुष्पकमल दाहाल सामर्थ्य नपुगेर मात्र अतिवादमा नगएको कुरा उनीहरु स्वयंले बताउने गरको सुनाउदै थापाले  शान्त स्वभावका मध्यमार्गी शेर्पा समुदाय त्यस्तो अतिवादको पक्षमा जानै नसक्ने दाबी गरे । कांग्रेसकै कारण सबै जाती, धर्मको अधिकार संविधानमा सुरक्षित भएको भन्दै राज्यका हरेक निकायमा सबै जातीले आफ्नो ऐना देख्न पाउने अवस्था निर्माणका लागि पनि कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा शेर्पा समुदायका अगुवाहरुले कांग्रेसले हिँडेको बाटोबाट मात्र जनजातीको अधिकार सुरक्षित हुने, संविधानमा रहेको समावेशतिाको व्यवस्था कार्यान्वयन हुने भन्दै कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । उनीहरुले कम्युनिष्ट गठबन्धनले कल्पना गरेको बाटोबाट जनजातीको अधिकार खोसिने भन्दै त्यसतर्फ सचेत हुन पनि आग्रह गरेका छन् ।

कांग्रेस नेता  कर्माछिरिङ शेर्पाले आफुहरुले मान्ने बुद्ध धर्म र कांग्रेसको विचार मिल्ने  बताए । ‘बुद्ध र बीपी दुबैको विचार व्यवहारिक छ । दुवैले समतामूलक समाज बनाउने कुरा गरेको छ,’ उनले भने, ‘त्यकारण पनि कांग्रेसलाई जिताउनुपर्छ । ’

 कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरामले कांग्रेसले हिँडेको बाटोबाट मात्र आदिवासी जनजातीको अधिकार सुनिश्चित हुने बताए । एमाले जनजातीको पक्षमा नरहेको बताउँदै उनले भने,‘केही सकारात्मक रहेको माओवादीले पनि एमालेलाई लगेर बुझायो ।’ उनले कांग्रेस मात्र सबै जाती,धर्मलाई समान दृष्टिकोणले हेर्ने पार्टी भएकाले कांग्रेसको जित आवश्यक रहेको  बताए ।

लोकतान्त्रिक शेर्पासंघका अध्यक्ष लाक्पा ठिले शेर्पा काठमाडौं ४ मा रहेका २ हजार शेर्पा समुदायले कांग्रेसलाई समर्थन गर्ने बताए ।  कार्यक्रममा आदिवासी जनजाती विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं ४ को समग्र विकास,लोकतन्त्रको रक्षााका लागि गगनको जित आवश्यक भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ