arrow

एमाले उम्मेदवार सुनुवार प्रति आफ्नै कार्यकर्ता आक्रोशित

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
yagya-raj.jpg

ओखलढुंगा । कम्युनिष्ट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवार प्रति ओखलढुंग एमालेका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।  टिकट वितरणमा राजनीति लगानीका आधारमा भन्दापनि पैसामा टिकट बेचेर यज्ञराज सुनुवारले ठुलो राजनीतिक अपराध गरेको भन्दै यहाँका नेता कार्यकर्ताहरु आक्रोशीत बनेका हुन् ।

 अघिल्लो चुनावमा जितेर गएका सांसद यज्ञराज सुनुवारले जनतालाई दर्जनौ योजनाको आश्वासन देखाएर एउटा पनि पुरा गर्न नसकेको हुँदा उनलाइ यसपटक आफुहरुले भोट नहाल्ने निस्कर्ष निकालेको चिशंखुगढी गाउँपालिका एक दर्जन भन्दा बढी एमालेका स्थानीय नेताहरुले बताउदै आएका छन् । स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवार उठेकाहरुले समेत आफुहरु यस पटक  रामहरी खतिवडालाई जितारै छाड्ने पक्षमा रहेको खुलेर भन्न थालेका छन् ।

सुनुवारले जनतामाझ गुलीया कुरा गर्ने तर केन्द्रीय स्तरको स्रोत साधनसंग पहुँन पुर्यान नसक्ने हुँदा उनलाइ जिताएर जिल्लाको विकासमा कुनै गतिविधि हुन नसक्ने निश्कर्ष सहित  आम मतदाताहरु मात्र होइन पार्टीकै जिम्मेवार व्यक्तिहरुले उनको विपक्षमा मदतान गर्ने जनाएका छन् ।

 हामीलाई जिल्लाको विकास र समृद्धिको लागि केन्द्रस्तरमा पुगेर स्याल हुने भन्दा पनि योजना भित्र्याउने नेता चाहिएको हुँदा त्यसको नेतृत्व खतिवडाले मात्र गर्न सक्ने भन्दै कार्यकर्ताहरुले सुनुवारलाई असिन पसिन बनाउने गरेको यज्ञराज सुनुवारसंगै चुनावी अभियानमा हिडेका एक नेताले बताए ।

उनका अनुसार ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्यमा जनताले राहरीलाइ नै रुचाएको पाइएको छ । प्रदेश सभामा भने पैसाको विटा र राजनीतिक विचार विच कडा प्रतिष्पर्धा भएकाले कस्ले बाजी मार्छ भनेर भन्न नसकिने एमालेका असन्तुष्ट नेताहरुले बताएकाछन् । उता प्रदेश सभा ख मा भने नेपाली कांग्रेसका नेता प्रदीप सुनुवारले जित्ने सम्भावना बढेको एमाले नेता कार्यकर्ताहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ