arrow

लोकतान्त्रिक उम्मेदवारलाई विजयी गराउन देउवा र राणाले वातमारे

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
sher-bahadur-deuba.jpg.jpeg

नेपालगन्ज । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाबीच छलफल भएको छ ।

दुवैबीच प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन दुवै पार्टी थप सक्रिय हुनुपर्ने विषयमा छलफल भएको हो ।

अप्रत्याशित रुपमा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बन्नु र ती दलका नेताबाट मुलुकमा एक दलीय कम्युनिष्ट शासन ल्याउने अभिव्यक्ति आउनुले मुलुक अत्यन्तै संकटको घडीमा रहेको दर्शाएको देउवा र राणाको ठहर छ ।

छलफलमा सभापति देउवाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका निम्ति यो चुनावमा मात्र नभएर आगामी दिनमा पनि काँग्रेस र राप्रपाबीच सहकार्य हुनुपर्ने आवश्यकतामा जोड दिँदै लोकतान्त्रिक गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउन काँग्रेस र राप्रपाका कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्छ, भने ।

बैठकमा सहभागी राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाकाअनुसार छलफलमा महामन्त्री राणाले सभापति देउवालाई बाँकेका सबै क्षेत्रमा काँग्रेस र राप्रपाबीच संयुक्त प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ