arrow

गरिबका नाममा भ्रमको खेती नगर्न कम्युनिष्टलाई कांग्रेसको आग्रह

logo
पुस्कर भण्डारी,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
poor.jpeg

डडेल्धुरा ।  कहिले एमाले कम्युनिष्ट कहिले माओवादी कम्युनिष्ट त कहिले बामगठबन्धन कम्युनिष्ट गरी भ्रमको खेती गर्दै गरिब आम जनतामा अफवाह फैलाई गर्ने राजनितीको अन्त्य गरी विचार र विकासको राजनिती गर्न कांग्रेसले कम्युनिष्ट गठबन्धनलाई आह्वान गरेको छ । नेपाली कांग्रेस डडेल्धुराले सदरमुकाम स्थित बागबजार भिमदत्त चोकमा बुधबार बेलुका कोण सभाको आयोजना गरी २४ बर्षसम्म आरोप मात्रै लगाएर सोझा जनतालाई ढाल बनाई गरिरहेको राजनिती छोडी स्वच्छ प्रतिस्पर्धाको राजनतीमा आउन जिल्ला सभापती कर्णबहादुर मल्लले कम्युनिष्ट गठबन्धनलाई आह्वान गरे ।

उनले भने, माओवादी र एमाले पार्टी परित्याग गरी कांग्रेस प्रवेस गर्नेको जनलहर चलेपछी मंगलबार मात्रै सञ्चारमाध्यममा समेत अपहरण शैलीमा कार्यकर्ता कांग्रेस प्रवेस गरिएको भनि बागबजार भिमदत्तचोक मै गरिएको कोणसभा बामगठबन्धनहरुको हार मानि सकेको एक संकेत मात्र हो, निर्वाचन आउन अझै धेरै दिन बाँकी छन निडर भएर आरोप प्रत्योप भन्दा पनि आफुले गरेका विगतका सत्य कुराहरु लिएर आउनु होस, हामि पछि कहिलै हटेका छौनौ भने हट्ने पक्षमा कांग्रेस कहिलै रहदैन ।

जागिरको प्रलोभन देखाई, साडी, धोती, स्विटर दिई पार्टी प्रवेश गराएको भन्ने बामगठबन्धनको भनाई प्रति ईंकित गर्दै भापती मल्लले उनले भने, नेपाल बनाउने जिम्मा कांग्रेसले लिएकाले रोजगारका अवसर जुटाउने जिम्मेवारी लिदा गास वास कपसको पनि व्यवस्था हुने छ । उनले पञ्चेश्वर र पश्चिम सेती जलबिद्युत आयोजना सञ्चालनमा ल्याई बेरोजगार रहेका शिक्षित युवालाई रोजगारीका अवसर दिदै धार्मिक पर्यटकिय क्षेत्रका रुपमा डडेल्धुरा लगायत सात नं. प्रदेशलाई विकास गरी गरिबी र बेरोजगारीको अत्य गर्न आफ्ना योजना सञ्चालन गरिने ठोकुवा गरे ।

 उनले प्रश्न गर्दै थपे, हिजोका दिनमा देउावदाई भन्दै शरणमा परी परी प्रधानमन्त्रि शेरबहादुर देउवाले पारेका योजनाका नाममा पनि आर्थिक चलखेल गरी सदरमुकाम लगायत विभिन्न स्थानमा घर बनाउनेहरुले के दिए ?  सोध्नुस अझै के दने योजना छ ? डडेल्धुराका लागी आएको चमल समेत धनगढीमा माडे लाई बेची यहाका जनतालाई भाकै बस्न बाध्य गर्ने कम्युनिष्टहरु अझै चामल किन्ने माडे जिउदै छन । अनि सोझा जनतालाई कांग्रेसले के गर्‍यो भनि फेरी पनि झुटो नै बोलेर भोट माग्दै हुनुहुन्छ ।
 
केही दिन अधि मात्रै गन्यापधुरा गाउपालिका ४ का माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित कविन्द्र भट्टले कांग्रेस प्रवेस गरेको बताउदै कांग्रेसले पैसा खायो भनेर अहिलेसम्म गरेको कम्युनिष्ट भनिलेहरुलाई पार्र्टीमा आवद्ध भए संगै आफु लगायत आम जनताबाट लिईएको आर्थिक रकमको हिसा किताव जहिले पनि दिन सक्ने ठोकुवा गरे ।

 उनले भने, सामाजिक सञ्ंजालमा स्टाटस राख्दै नेपालको ऐन निती नियम बुज्रुकहरुले आफुमा पहिले कार्यान्वयन गर्नु होला र भ्रमात्मक खबर फैलाई जनताका मर्म विपरित टाउकोमा टेकेर स्वार्थको राजनिती नगर्नुस । किनकी आज म लगायतका कार्यकर्ता नेता पजातान्त्रिक विचारधारा भएको पार्टीमा आएको छु भोली एक लिन अवश्य पनि कम्युनिष्ट भनिनेहरु सखाप भएर जाने निश्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ