arrow

चुडामणि पक्राउ परेपछि भागेका महत र ढकाल आफै आए लुरुलुरु अदालत

म्याद टाँस गरेपनि चुडामणिले टेरेनन्

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
mahat_and_dhakal.jpg

काठमाडौं । फरार रहेको भनिएका तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल विशेष अदालतमा उपस्थित भएका छन् । महत र ढकाल वयानका लागि अदालतमा हाजिर भएका हुन् । दुबैलाई न्यायिक हिरासतमा राखिएको छ ।

आयोगका तत्कालिन सदस्यसचिव चुडामणि शर्मा पक्राउ पर्दा महत र ढकाल भागेका थिए । अदालतमा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

मुद्दा विशेष अदालतमा विचाराधीन छ । अदालतमा उपस्थित भइसकेपछि उनीहरूको बयान सुरु गर्ने तय भएको छ । वयानपछि नियमित साक्षी, प्रमाण र मुद्दा सुनुवाईको काम सुरु हुने बताइएको छ ।

राजश्व अनुसन्धान विभागका तत्कालीन प्रमुखसमेत रहेका चुडामणि शर्मा भने बयानका लागि उपस्थित भएका छैनन् । अदालत उपस्थित हुन भन्दै गएको हप्ता मात्रै अख्तियारले शर्माकाे घरमा म्याद टाँस गरेकाे छ ।

शर्मालाई अख्तियारले पक्राउ परेपनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो । अधिवक्ता यशोदाकुमारी पाण्डेले कर फर्छ्यौट आयोगका सबै प्रतिवेदन सार्वजनिक नगरी अख्तियारले २०७१ मा बनेको अन्तिम कर फर्छ्यौट आयोगको प्रतिवेदनलाई मात्रै छानविन गरेर कारवाही प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता गरेकी थिइन् ।
कर फर्छ्यौट आयोगमार्फत अनियमित रुपमा कर छुट गरेर राज्यलाई झण्डै २१ अरब घाटा लगाएको गएको १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ पर्नेवित्तिकै आयोगका दुई सदस्य महत र ढकाल भागेका थिए । अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अरब रुपैयाँको विगो सहितसहित कारबाहीको माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ