arrow

बाबुरामलाई नारायणकाजीले जिन्ने ओलीको दाबी

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
KP-oli-talking-new.jpg.jpeg

गोरखा ।  मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संयुक्त चुनावी सभाको बुधबार गोरखाबाट प्रारम्भ गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई माओवादी केन्द्रका नेता नारायणकाजीले श्रेष्ठले  जिन्ने जित्ने दाबी गरेका छन् ।

भट्टराईप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने, “बूढो रुखमा आड लागेर शिशा राखेको प्लाष्टिकको आँखा बोकेर केही गर्न सकिँदैन । विकास र समृद्धि ल्याउन सकिँदैन ।”

गोरखाको पालुङटारमा बुधबार आयोजित चुनावीसभामा अध्यक्ष ओलीले भने, “चुनावपछि नेपालमा कम्युनिष्ट शासन आयो, आयो । काँग्रेस ढल्यो, बूढो रुख ढल्यो, ढल्यो ।”

ओलीले गोरखा २ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता नारायणकाजी श्रेष्ठले जित्ने बताए  र भट्टराईप्रति ब्यङ्ग गर्दै भने, “करकलोलाई बन्चरो लगाउनुपर्दैन ।” अध्यक्ष ओलीले आउँदो पुसमा वामपन्थीको सरकार बन्ने दाबी  गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ