arrow

काँग्रेसलाई भोट केका लागि, के भन्छ काँग्रेस ? 

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
congress_poster1.jpg

काठमाडौं । शान्ति प्रक्रिया र नयाँ संविधान कार्यान्वयनको लागि अन्तिम खुड्किलो मानिएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको माहोल चुलिएको छ । आसन्न मंसिर १० गते पहिलो चरण र मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारहरुबीच व्यापक तयारी र प्रचारप्रसार पनि चलिरहेको छ । 

प्रायः सबै जसो दलहरुले आफ्ना घोषणापत्र र प्रतिवद्धतापत्रको पाना देखाएर मत मागिरहेका छन् । इतिहासमा राम्रा काम गरेकाहरु आफूले गरेको राम्रो कामको विवरण पेश गरिरहेका छन् भने केही गर्न नसकेकाहरु भने आगामी भविष्यको लोभ देखाएर भोट मागिरहेका छन् । काम गर्नेले इतिहहासमा गरेको कामको प्रदर्शन गर्ने हो । इतिहासमा केही गर्न नसकेकाले भविष्यको आशा देखाउँदै जनता झुक्काउने काम गरिरहेको छ । 

नेपाली काँग्रेस इतिहासका मुख्यमुख्य घटनाक्रममा हिरोको रुपमा दर्ज गर्नसकेको नेपालको पुरानो र सबैभन्दा ठूलो पार्टी हो । यस पार्टीको विकासप्रेमी सिद्धान्त, जनमुखी योजना र स्वतन्त्रताप्रेमी सोचका कारण नेपाली जनताले जहिलैपनि यही पार्टीलाई बाहेक अरुलाई विश्वास गर्न सकेका छैनन् । इतिहासका एकाध घटनाक्रममा अन्य पार्टीलाई विश्वास गर्दाको मुलुकको हहविगत देखेर जनता यसमा सचेत छन् कि मुलुक परिवर्तनको लागि काँग्रेसको विकल्प छैन । 

काँग्रेस सधैंभरी अतिवादको प्रतिवाद गर्दै समतामूलक समाजको निर्माणको पक्षमा रहँदै आएको छ । यसले हिमाल, पहाड र तराईदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कोही जनतालाई परायाको रुपमा लिँदैन । यो भौगोलिक सीमाभित्रका असीमित धर्म संस्कृति, परम्परा र रितिरिवाजलाई जोड्ने मियोको रुपमा काँग्रेस अडिएको छ । यसले सामाजिक र धार्मिक सद्भावलाई कायम गर्नको लागि आफ्नो दिलज्यान दिएको छ । 

त्यस्तै, देशलाई विभाजित होईन देश जोड्ने संघीयता काँग्रेसको मूल मुद्दा हो । यस्तै संघीयता कार्यान्वयनको लागि सफल रहेको काँग्रेस सधैंभरी सर्वभौममा समानता खोजिरहेको हुन्छ । सार्वभौमसत्ता सम्पन्न मूलुकमा सबै नेपाललीको सार्वभौममा समानता हुनुपर्छ भन्ने मान्यता काँग्रेसको छ भने लोक कल्याणकारी राज्यको पक्षमा पनि काँग्रेस रहेको छ । तानाशाही शासनले विकास हुन्छ भनेर मुलुकमा तानाशाही शासन लागू गर्ने कम्युनिष्ट चरित्र विरुद्ध एक्लै लडेको छ काँग्रेस । 

त्यस्तै, संक्रमणकालीन न्यायको पक्षमा पनि काँग्रेस दृढ रहेको छ । रोजगारीमा बृद्धिदेखि सामाजिक र धार्मिक सद्भावसम्मको लागि नेपालमा काँग्रेसको विकल्प छैन । त्यसैले यी सबै पक्षको विकासको लागि, मुलुकमा यी सबै सिद्धान्त लागू गराउनको लागि काँग्रेसको विजयको विकल्प छैन । 

यी माथि उल्लेखित धेरै सिद्धान्तहरु काँग्रेसले धेरै पहिलेदेखि नै प्रयोग गर्दै आईरहेको छ । नेपालको माटो सुहाउँदा यी सिद्धान्तहरुकै आधारमा मुलुक अहिलेसम्म यो ठाउँमा आईपुगेको छ। यही सिद्धान्तले मुलुकमा ठूलाठूला उलटपुलटहरु ल्याएका छन् । मुलुकलाई अफ्टेरो परेको समयमा यही सिद्धान्तले मुलुक जोगाएको छ । त्यसैले शान्तिप्रक्रिया पछिको अबको एजेण्डा आर्थिक विकास बोकेको काँग्रेसलाई भोट दिनुको विकल्प असहिले नेपाली जनतासँग देखिँदैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ