arrow

सूचना प्रबिधि क्षेत्रको ठुलो मेला क्यान इन्फोटेकको तयारी तिब्र

निर्धारित समयभन्दा एक दिन ढिला माघ १५ बाट मात्र सुरु हुने

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
CAN.JPG.jpeg
काठमाडौ । सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला  “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” माघ १५ देखि २० गते  सम्म प्रदर्शनी स्थल भृकूटीमण्डप  काठमाण्डौंमा हुने भएको छ । यस अघि माघ १४ गते १९ सम्म सोही स्थानमा गर्ने भनिए पनि प्राबिधिक कारणले एक दिन पछि सरेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले  पत्रकार सम्मेलनमा जानकारी दिए । विगत २१ वर्ष देखि सूचना, संचार र प्रबिधि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले बर्षेनी आयोजना गर्दै आइरहेको यो प्रदर्शनीलाई नेपाल कै सबैभन्दा ठुलो मेलाको रुपमा हेरिन्छ । 
 
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्दै यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका टेवा दिन यस्ता प्रर्दशनीले मदत पुर्याउने क्यान महासंघका महासचिव विश्व राम बलामीले बताए । क्यान ईन्फोटेकको यस २२औं संस्करणको सुबिसु केबलनेट प्रा.लि.ले शिर्ष प्रायोजन गरेको छ । एशोसिएट स्पोन्सर हुवावेले गरेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– भायनेट, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– वल्र्ड लिङ्क तथा आईटेल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– क्यानन् बाई आई. ई. सि. रहेको बताइएको छ ।  
 
त्यसैगरी अफिसियलहरुमा बैंक– सेन्चुरी बैंक, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., अंग्रेजी आईटी म्यागेजिन– पि.सी.ईन्फो, लाईफस्टाईल एण्ड टेक म्यागेजिन– म्युज, वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा– स्प्यारो एस.एम.एस., स.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स र ईस्ट्रिमिङ पार्टनर– स्टर नेट प्रा.लि रहेका छन् ।
 
“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा १८० स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् भने सबै स्टलहरु बुकिङ्ग भई सकेका छन् । 
 
सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावेको यस २२ औं संस्करणको लागि सूचना तथा सञ्चार मन्त्रालय, प्रमाणिकरण नियन्त्रकको कार्यलय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण, ईन्टरनेट सेवा प्रदायक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता राष्ट्रिय जस्ता अन्तराष्ट्रिय संस्थाहरुले सहयोग मेलालाई रहनेछ । 
 
शिर्ष प्रायोजक सुबिसु केवलनेट प्रा. लि. ले “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मार्फत फाईबर ईन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्यका साथ सुविसु केवलनेटले विशेष योजनाहरु प्रस्तुत् गर्ने तयारी रहेको ईन्टरनेट र डिजीटल टि.भि. तथा ईन्टरप्राईज सेवाहरु प्रस्तुत तथा उक्त सेवामा आकर्षक योजना समेत ल्याउने तयारी रहेको सुबिसुले बताएको छ ।
 
“सुविसु क्यान ईन्फोटेक २०१६ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७२ माघ १७ गते आईतबारलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १०० तोकिएको छ ।
 
आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरिनेछ । उक्त कार्य एफ.वान.सफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यबाट गरिएको हो । 
 
यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज उपलब्ध गराईने बताइएको छ । टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउने आयोजनको दावी छ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ ।
 
साथै सुचना तथा संचार प्रविधिमा पछिल्लो समयमा भएका विकास तथा सेवाहरुमा सर्वसाधारणको पहुच तथा जनचेतना अभिवृद्धि गर्ने विभिन्न किसिमका कार्यक्रम तथा सामाग्रीहरु प्रदर्शनीमा उपलब्ध हुने बताइएको छ । यस प्रदर्शनीको आकर्शणको रुपमा सुचना तथा संचार प्रविधिमा आधारीत इलेक्ट्रोनिक सेक्युरिटीका अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध हुने ‍आयोजनको दावी छ ।
 
“सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी एस.एम.एस.बाट पनि थाहा पाउन सकिन्छ । यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ५००१ मा पठाउनु पर्नेछ । त्यसैगरि प्रदर्शनीको अवधिभर हरेक दिन लक्की ड्रको समेत व्यवस्था गरिएको छ । 
 
प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखि प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ठ बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ । 
“सुबिसु क्यानमा आई.सी.टी सम्मेलन २०१६”नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स समेत माघ १८ र १९ गते  होटल याक एण्ड यतिमा हुने सम्मेलनका संयोजक रोमाकान्त पाण्डेले जानकारी दिए । साइवर सेक्युरिटी, साइवर एक्ट्याक इन इन्फास्ट्रचर इन नेपाल जस्ता बिषयमा छलफ हुने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ