arrow

ओहो ! अनौठो गाईः हेर्नेको भिड 

logo
कौरव खत्री
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
gai_(2).jpg

गुल्मी । गल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई हर्ने र प्रत्यक्ष अवलोकन गरि दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।

मकवानपुर  हेटौडा उपमहानगर पालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको ३ आँखा र सिङ्ग र २ मुख भएको गाईलाई देखाउदै गुल्मीका स्थानीय वामीटसार बजार र कुर्घा लगायतका स्थानहरुमा मेला अनौठो प्रकारको गाई  हेर्न मानिसहरुको भिड लागेको थियो ।

मन्दिरको सहयोगार्थ लागि अनौठो प्रकारको गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा गाईलाई  गाडीमा हालेर गुल्मीको मुसिकोट नगरपालिकाका विभिन्न  स्थानीय बजार तथा चोक–चोकमा  आम सर्वसाधारणहरुलाई देखाउने र हेर्ने आमसर्वसाधारणले हेरेर आफू सक्दो भेटी चढाउने मन्दिर समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै आम सर्वसाधरण सबैलाई देखाउदै ठाउँ ठाउँमा देखाउदै  गाई हेरेर गाईलाई चढाएको भेटी संकलन गरेर मन्दिरको वृद्धि र विकासको संकलित खर्च गर्ने  उद्देश्यका गाईलाई लिएर हिडिरहेको मन्दिर समितिका सदस्य दाहालले जानकारी दिए ।

गाईले नबेहुदै दुध दिने गाई जन्मेको ९ महिनादेखि  गाईको कचौडो बढेको र दैनिक रुपमा आधा माना दुध दिने गरेको  समेत मन्दिरका सदस्य  दाहालले जानकारी दिए ।

साथै विभिन्न ठाँउमा गाईलाई लिएर हिड्दा गाई अनौठौ र धार्मिक हिसावले धेरैले राम्रो मानेको र गाई हेर्न मानिसहरु उत्साहित हुने गरेको मन्दिर समितिका सदस्य सिताराम दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ